arrow

भो अब अति भयो ओलीको कमेडी शो बन्द गर

लोकतन्त्रमा ओलीतन्त्र अस्विकार्य

logo
अनिलभक्त खरेल,
प्रकाशित २०७७ वैशाख १३ शनिबार
anil-bhakta-kharel.gif

विश्वलाई यतिखेर कोरोनाले गाँजेको छ । जताततै हाकाकार छ । प्राय मानिसहरु स्वघोषित घरमै नजरबन्द छन् । विश्व जगतनै आर्थिक रुपमा ठप्प छ । अति आवश्यक सेवा वाहेक अन्य कारोवार बन्द छन् । 

एकातर्फ अमेरिका, लगायतका धनी देशहरुले नागरिकहरुलाई दैनिक खर्च धान्नको लागि राहत स्वरुप पहिलो किस्ताको रकम बैंक खातामा पठाइसकेका छन् । महामारीलाई मध्यनजर राख्दै सो राहतलाई रकम बढाएर निरन्तरता दिइदै छ। अमेरिकाले प्रतिव्यक्तिलाई दिइएको १२ सय डलर बढाएर २ हजार डलर दिने प्रस्ताव अगाडि बढाउँदै छ । जुन रकमलाई घटिमा पनि ६ महिनासम्म वा १ वर्षसम्म निरन्तरता दिन प्रस्ताव गरिएको छ । त्यस्तै नर्स, डाक्टर, अति आवश्यक सामग्री ढुवानी सवारी चालक, हुलाकी, ग्रोसरीमा काम गर्ने कामदार, सुरक्षाकर्मी लगायत यो महामारीको बेलामा अग्रपंतिमा बसेर काम गर्ने सबैलाई थप २५ हजार डलरको हिरो मनी दिइने प्रस्ताव पनि गरिदै छ जस्को छिनोफानो मे १५ भित्रमा भइसक्नेछ । यसका अलवा पुर्ण बेरोजगारी र अर् बेरोजगारीलाई केन्द्र सरकारले १३ हप्तासम्म बढीमा ६ सय डलर तथा हरेक राज्यले प्रत्येक हप्ता बिगतमा कमाएको तलबको आधारमा बढीमा ५० प्रतिसत बेरोजगारी भत्ता दिने निर्णय भैसकेको छ । यसको अलावा स्कुल पढ्ने विद्यार्थीलाई सोमवारदेखि शुक्रवारसम्म प्याकेज खानाको व्यवस्था मार्च १३ देखि नै निरन्तर हुदै आएको छ। एकातर्फ राज्यले सबैका खातामा पैसा हाल्दिनु जनतासंग पैसा हुनु र अर्कोतर्फ ठुला ठुला खाद्यान्न पसलहरु यतिखेर प्रायः भरिपुर्ण हुनुले अमेरिकामा रोगले मान्छे मरेपनि भोकले भने नमर्ने प्रष्ट देखिदैछ । 

कोरोना जस्तो महामारीलाई राज्यले हेलचेक्रयाई गरेका कारण विरामीको संख्या एक्कासी बढ्नु र सबै बिरामीहरुलाई प्रर्याप्त मात्रामा सेवा दिन नसक्नुले नै मर्नेको संख्यामा बढोत्तरी भएको हो भन्ने कुरामा कसैको दुईमत नहोला । आजका दिनसम्म अमेरिकामा करीब ४५ लाख मानिसमा कोरोना जाँच गरिएकोमा ९ लाखको हाराहारीमा संक्रमित छन् भने ५० हजार बढीको मृत्यु भइसकेको छ । अब यो मर्नेको संख्या अमेरिकी राष्टपतिले भनेजस्तै १ लाखमा रोकिए अमेरिका सफल नै भएको मान्नु पर्ने देखिदैछ । 

अर्कोतर्फ नेपालजस्तो अति गरिब देशका दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवारको गुजारा टार्ने तहकालाई कसरी हातमुख जोर्ने हो भन्ने चिन्ताले सताएको छ। राज्यले राहत बाँडेको ढोल पिटेपनि त्यो निम्न वर्गका लागि पुग्न सकेको छैन । बरु उल्टै अमेरिका जस्तो देशमा त भोकमरी छ भनेर आत्मरतिमा छन् । नेपालमा जस्को पहुच छैन उ राहत पाउनबाट पनि बञ्चित छ । कोरोना पीडितको नाममा अहिलेसम्म ६ अर्ब भन्दा बढीको राहत रकम नेपाल सरकारको खातामा जम्मा भैसकेको छ । ३ करोड जनता भएको देशमा राज्यले ८० करोडको राहत बाडिसकेको बताएको छ । तर क कस्लाई कति कति राहत दिइयो कागजी रेकर्ड बाहेक भरपर्दो, प्रमाणित र विश्वसनीय रेकर्ड दिन राज्य न तयार छ न सक्षम नै ? कतै राज्यले बाँडेको राहत दैवी कार्य, पितृ कार्यमा गौदान गर्ने बेलामा एकले अर्कोलाई छोए शैलीको दान त हैन? 

हो देशमा बिपत्ति आउँदा सबै मिलेर सामना गरिनुपर्छ । परापुर्वकालदेखिनै नेपालीको विशेषता भनेकै बिपत पर्दा एकले अर्काको सहयोग गर्नु हो । तर अहिलेको यो सरकारको कदम देख्दा बिपत्तिमा परेकालाई सहयोग गर्नुलाई महाअपराध मानिदै छ। खान नपाएकालाई खाना दिनु, खाद्यान्न सामग्री वितरण गरिएकै भरमा ज्ञानेन्द्र शाहीहरुलाई पक्राउ गरिएको छ । सरकारको कदमको विरोध गरेकै कारण पुर्व सचिवलाई पक्राउ गरिएको छ । लकडाउनको उल्लंघन गरेर गाडी चलाएर खाद्य सामग्री बाड्दै हिडेको देख्ने राज्य आफ्ना पार्टीका सांसद र अरिंगालको जत्थाले सयौंको भीड जम्मा गरेको पनि देख्दैन नत गाडी रिजर्भ गरेर मान्छे ओसारेको देख्छ। महा बिपत्तिमा कमाउन पल्केको सरकारलाई यो पटकको कोरोना महामारी महादशा हैन कि महादशैं भएको छ । 

यसअघिको महाबिपत्ति अर्था्त २०७२ सालको भुकम्पको बेलामा उठेका र उठाइएका रकमलाई देश र विदेशमा रहेका सबैले महादशैं बनाए । ५ वर्ष भैसक्यो भुकम्पले विध्वंस गरेका संरचनाहरु अझै निर्माण भइसकेका छैनन् । अझैसम्म देश र विदेशमा उठेको रकमको हिसाब किताब रकम उठाउने र खर्च गर्नेहरुले दिन सकेका छैनन्। यस्तो महाबिपत्तिको बेलामा “कामकुरो एकातिर, कुम्लो बोकी सितलनिवासतिर”  शैलीमा नेपालका प्रम केपी ओली दिनहुँ शितल निवास धाई रहेकाछन् । देशमा कोरोनाको महामारीको बेलामा लकडाउनको नाममा सबैलाई घरमा नजरबन्द गरेर सरकार पार्टी फुटाउने विधेयेक,  सुकुम्बासी आयोग,  सांसद अपहरण,  साइबर क्राइम,  रातह वितरण गर्नेलाई पक्राउ गरेर बस्दैछ । नाकाबन्दीको बेलामा अडान लिएका ओली, अरुलाई राजनीतिक इमान्दारिताको पाठ सिकाउने २ तिहाइ सरकारका प्रम ओली अर्काको पार्टीका सांसद चोरेर सांसदलाई पुनः भेडा बाख्रा बनाउन लागिपरेका छन्।,

नेपालका प्रधानमन्त्रीले ३ करोड जनताको लागि के का आधारमा २ लाखको राहत बाँढ्ने र भोकले मर्न नदिने कुरा गरिरहेका छन् ? कतै पूर्वमन्त्री राधाकृष्ण मैनालीले आफ्नो आत्मवृतान्तमा भनेजस्तै सानोमा यथेष्ट खान नपाएको, केही नदेखेका ओलीले २ लाखको चामललाईनै धेरै देखेका त हैनन् ? कोरोनाको बोसिय तत्वलाई तातोपानीले पखाल्ने, ३ करोड जनताको बीचमा ८० करोडको राहत बाँडेको, राज्य नपुगेको ठाउँमा पत्रकार कसरी पुग्यो, जनता होटेलमा बस्न छाडेर बोर्डरमा लम्पसार भएको भनेर सरकारी सञ्चार माध्यममा ओली एकलौटी “कमेडि शो” देखाईरहेका छन् । अब सबैले एकमतका साथ भन्नुपर्ने अवस्था आएको छ भो अब अति भयो ओलीको कमेडी शो बन्द गरिनुपर्छ। 

भर्खरै लोकतन्त्र दिवस गएको छ। के यसैका लागि नेपाली जनताले लोकतन्त्र ल्याएका हुन् ? के यही नेकपातन्त्र, ओलीतन्त्र नै असली लोकतन्त्र हो त ? लोकतन्त्र आएको १४ वर्ष पुरा भएको छ । भगवान रामचन्द्र पनि १४ वर्ष बनवास गएका थिए । यस्तैको हातमा लोकतन्त्र रहिरहने हो भने लोकतन्त्र नै धरापमा पर्ने निश्चित छ । हैनभने यो यो महामारी चितवनका रुञ्चे देवी ज्ञवालीलाई जागीर खुवाउन आएको हो ? ज्ञवालीलाई लुट्न पछि दिए के विग्रन्थ्यो र ? के यो कोरोना महामारी पार्टी फुटाउने विधेयक बनाउनलाई आएको हो ? यी विधेयक अरु बेलामा ल्याउन सकिदैन थियो र ? के लकडाउनको नियम महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालहरुलाई नलाग्ने हो ? लाग्छ भने उनीहरुले कसरी सांसद अपहरण गरेर ल्याए त ? यस्को छानवीन हुन्छ कि हुन्न ? के लकडाउनको नियम राहत बाँड्ने ज्ञानेन्द्र शाहीहरुलाई मात्रै लाग्ने अनि अरिंगालका जत्था तथा सिताराम कट्टेलहरुलाई नलाग्ने हो ? के नेपाली जनताहरु देशमै लकडाउनमा रहेको अवस्था, बिदेशमा रहेकाहरु विदेशमै अड्केको बेलामा सरकारमा बस्नेहरुलाई जे गर्न पनि छुट छ त ? छैनभने किन विरोधीहरुलाई छिमोलिदै छ ?  सत्ता, कुर्सी बचाउन जस्तो पनि गलत काम गर्ने भ्रष्ट जमातले बुझ्नु पर्छ जनतालाई घरघरमै र देशविदेशमै थुनेर ओलीको निरस कमेडी शो अब धेरै दिन चल्ने वाला छैन।अमेरिका भर्जिनिया



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ