arrow

सांसद सुरेन्द्र यादवको ‘अपहरण’ मा प्रहरीको गाडी प्रयोग भएको खुलासा

प्रहरी लाग्यो अनुसन्धानमा

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
vehicle.jpg

महोत्तरी। महोत्तरीका सांसद तथा जनता समाजवादीका नेता डा सुरेन्द्र यादवलाई ‘अपहरण’ मा प्रहरीकै एक गाडी प्रयोग भएको पाइएको छ। 

नेपाल प्रहरीले आफ्नो तर्फबाट आन्तरिक रुपमा अगाडी बढाइरहेको अनुसन्धानका क्रममा प्रहरीको गाडी प्रयोग भएको पाइएको हो। 

प्रहरीका उच्च तहका अधिकारीहरुले चढ्ने स्कोर्पियो गाडी सांसदलाई काठमाडौं ल्याउने क्रममा प्रयोग भएको पाइएको सुरक्षा स्रोतको दावी छ। 

सो स्कोर्पियो गाडी नेपाल प्रहरीको हो वा सशस्त्र प्रहरी कस्को हो भन्नेमा पनि प्रहरीका अधिकारीहरु अनुसन्धानमा लागेका छन्।

प्रहरीमा एसएसपी भन्दा माथि वा कार्यालय प्रमुखहरुले प्रयोग गर्ने खालको स्कोर्पियो गाडी सांसद यादवलाई काठमाडौं ल्याउने क्रममा प्रयोग भएको पाइएपछि महोत्तरीदेखि काठमाडौं आउने बाटोका प्रहरीको चेकपोइन्टहरुमा रहेको सीसीटीभी फुटेज हेर्ने काम भइरहेको सुरक्षा स्रोतले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र कस्को गाडी प्रयोग भन्ने बारेमा एकिन नभएपनि दुबै संगठनका उच्च अधिकारीहरुले यसमा छानविन शुरु गरेको स्रोतको दावी छ।    

यादवलाई लिन नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल महोत्तरी गएका थिए। 

काठमाडौं आइसकेपछि यादव उनीहरुबाट फुत्किइ तत्कालिन समाजवादीका नेताहरु भएको ठाउँमा पुगी आफू अवर्जस्ती काठमाडौं ल्याइएको र राजनीतिक अपहरणमा परेको बताएका थिए। उनले अहिले प्रहरी र सरकारी वकिलकहाँ अपहरणको उजुरी दिन खोजेपनि सरकारको दवावमा ति निकायहरुले उजुरी लिएको छैन। यादव अब अदालतमै गएर उजुरी गर्ने तयारीमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ