arrow

कोरोना महामारी विश्वयुद्धपछि अध्य्यनको केन्द्रबिन्दु

बिज्ञानले कोरोना उत्पादन गरेको वा कोरोनासँग बिज्ञान हारिरहेको ?

logo
समिप घिमिरे,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
samip-ghimire.jpg

कोरोना भाइरसको महामारीले यतिबेला विश्व समाजमा सन्नाटा छाएको छ । यसको असरले ‘ग्लोवल ईश्यु’ सामाजिक, राजनीतिक, आर्थिक तथा वातावरणमा अर्को महत्वपूर्ण बिषय ‘डिजिज’ अर्थात ‘मानव बिरुद्वको रोग’ पनि थप भएर संसारमा अब यी पाँच वटा बिषयवस्तु प्राथामिकतामा पर्ने अवस्था आउन सक्ने देखिन्छ । बिगतमा रोगको बिज्ञानलाई ‘ग्लोवल थ्रेट’को रुपमा नलिएको कारणले हाल संसारका मुलुकहरुमा रोगको नियन्त्रण अनिश्चित जस्तो देखिन आएको छ ।

बिगतमा फैलिएको प्लेग, बिफर, एचआईभी, ब्लाक देथ, स्वाईन फ्लु जस्ता रोगका महामारी रोक्न सहज थिएन । अझ बिज्ञानको बिकास राम्रो भई नसकेको कारणले रोगको पहिचान गर्न नै चुनौती थियो । यसले गर्दा लाखौं मानिसले मृत्यु स्विकार्नुको बिकल्प थिएन । तर हालको भौतिकवादी बिश्वले बिज्ञानको बिकास गरेपनि बिगतको स्मरण गर्न सकेन । तयारी पनि भएन । फलत रोग नियन्त्रण सफल हुन सक्ने नसक्ने अन्यौल देखिन्छ ।

बिज्ञानको उच्चतम बिकास भएको छ । तर पनि आज बिश्व ठूलो चुनौतीको सामाना गर्न संघर्षको फेरी पनि नयाँ अनुभुती नै गरिरहेको जस्तो देखिन्छ । अबको बिश्वले रोगको बिज्ञानलाई ‘ग्लोबल इश्यु’का रुपमा निरन्तर अध्ययनको क्षेत्रमा लिन्छ या लिदैन हेर्न बाँकी नै छ । कामना गरौ सँधै रोग नियन्त्रण प्राथमिकताका साथ अघि बढ्न सकोस, तयारी अवस्थामा रहोस्, मानव जीवनको सुरक्षाकवज बनोस् ।

एशियाबाट सुरु भई पहिचानमा आएको कोरोनाको मुख्य प्रभाव संसारका कुन कुन राष्ट्रमा वा महादेशमा पर्नेभो भन्ने सहज अनुमान गरिहाल्ने बेला भैसकेको छैन । तर पनि हाल सतही रुपमा संचार माध्यमहरुले प्रकाशन गरेको तथ्यांङ्कले युरोपका धेरै शक्ति राष्ट्रहरु र संयुक्त राज्य अमेरिका अर्थात संसारको महाशक्ति राष्ट्रमा नै भयावह अवस्था सृजना भएको देख्न सकिन्छ ।

यसरी यी अति बिकसित राष्ट्रहरुमा भएको क्षतिका बिषयमा केही नेपालका बुद्धिजीविहरुले रातो मासु प्रयोग गर्ने पश्चिमा देशहरुमा बढि फैलिने, केहिले पूँजीबादी राष्ट्रहरुमा फैलिने, केहीले बिस्तरबादी राजनीती गर्ने देशहरुमा बढी फैलिने भन्ने खालका टिक्का टिप्पणी गर्दै आएको पाइन्छ । तथापी मेरो अनुमानमा प्रबिधिको बिश्वब्यापीकरणले बढाएको भीडभाड र लोकतान्त्रीकरणको खुला बैयक्तिक स्वतन्त्रताले गर्दा लोकतान्त्रीक राष्ट्रहरुमा अपनाइने जीवन शैलीले छिटो संक्रमण सरेको हुन सक्दछ ।

तर रोग फैलिइसकेको संक्रमणको रोकथाम तत्काल गर्न नसक्नुका कारणहरुमा राष्ट्रहरुले तत्परता ढिलो देखाउनु, सधै तयारी अवस्थामा नरहनु, स्रोत र साधनको अभाव हुनु, आफ्नो राष्ट्रमा उपचार सामाग्रीहरु उत्पादन गर्न सक्ने क्षमता नै नराख्नु, अन्तर्राष्ट्रिय बजारबाट आयत गर्न ढिला गर्नु, बिज्ञहरुको उत्पादन नहुनु , भएका बिज्ञहरुलाई अभ्यासको वातावरण नमिलाउनु आदि देखिन्छ ।

कोरोनाको संक्रमण संसारभरी अंक गणीतीय रुपमा बढेको छ । रोकथाम र समाधान अन्यौलमा परेको छ । रोकथामको गतिमा जनसंख्याको आधारमा तीव्रता देखिदैन । अन्योलसँगै आर्थिक र सामाजिक ब्यावस्थामा पर्ने असर ज्यामीतीय रुपमा देखापर्न थालेको छ । संसारमा खाद्यान्नको अभाव र ब्यावस्थापनको कठिनाईले भोकमरीको गम्भीर समस्या देखापर्न थालेको छ । बस्तु आयात निर्यात र उपभोगको कुनै सहजता छैन ।

नियमित स्वास्थ्य शिक्षा प्रभावित भएको छ । सन्चार बाहेकको बिश्वब्यापी चक्रहरु ठप्प छन । तर दिर्घकालीन र ठूलो असर बिश्वको अर्थतन्त्र र बेरोजगारीमा देखिने निश्चीतप्राय बनेको छ । ठूला ठूला उद्योग र दिर्घकालीन योजना बनाउन नसकेका राष्ट्रहरुका नागरिकलाई कष्टपूर्ण अवस्था सृजना नहोला भन्न सकिन्न ।

विश्वका बिभिन्न काल खण्डमा बिभिन्न चर्चित, मार्मीक र संकटपूर्ण अवस्थाहरुको सामना गर्नु परेको इतिहासमा अध्ययन गर्न पाईन्छ । चाहे ती महामारीका चाहे बिश्व शक्तिको युद्ध, धर्म युद्ध वा भगवान राम र रावणको युद्ध आदि । समय अन्तरमा सबै चर्चित घटनाहरुको अध्याय आआफ्नै युग-कालको अध्ययनले महत्वपूर्ण स्थान पाएको देखिन्छ । आज संसारमा संकटको इतिहास बन्दै आएको छ र महत्वपूर्ण छ । इतिहासमा समय पनी विभाजन भएको देखिन्छ ।

प्राचीन युग, मध्ययुग अर्थात कालो युग, पुनर्जागरण, आधुनिक तथा उत्तरआधुनिक अर्थात आजको युग । प्रत्येक परिवर्तित युग अघिल्लो महत्वपुर्ण युगको तुलनात्मक अध्ययनको बिषषबस्तु बन्दछ । यसरी लक्षित समयको तुलनात्मक अध्ययनले अनुसन्धानकर्ताहरुको ध्यान आकर्षण गरेको हुन्छ । उदाहरणका रुपमा प्राचीन युग र मध्ययुगको तुलना भएको पाईन्छ । आधुनकि र उत्तर—आधुनकि युग आदिको ।

तुलनात्मक अध्ययनको एउटा महत्वपुर्ण अध्याय दोस्रो बिश्वयुद्व अघि र पछिको समायान्तरसँग जोडिएको छ । अध्ययनमा हरेक क्षेत्रका बिषय वस्तु बिश्वयुद्ध अघि र पछि यो भयो, त्यो भयो, यस्तो भएको थियो, त्यस्तो भएको थियो भन्ने आधार र तथ्याङ्क संसारका पुस्तकालयहरु साक्षी छन् ।

हामी आधुनिकवाद र उत्तरआधुनीकवादका कुरा गर्दछौ तर हामीले तुलनात्मक अध्ययन गर्ने समय दोस्रो बिश्वयुद्ध पछिलाई प्रमुख आधार लिन्छौ । त्यो हाम्रो समयको अध्ययनको केन्द्र (इपीसेन्टर) हो । हामीले अध्ययन गर्ने सामाजिक, राजनीतिक, आर्थिक वा बातावरणीय आधारहरु हुन् वा बिश्व लोकतान्त्रीकरण र समाजवादी चिन्तनको पछिल्लो बिकसित रुप नै किन नहोस् यी सबै अध्ययनको इपीसेन्टर बिश्वयुद्ध भन्दा पछिको रहेको पाईन्छ ।

अबको अध्ययनको इपीसेन्टर कोरोनाको कालखण्ड र यसको प्रभाव बन्न सक्दछ । फेरी पनि समय खण्डीत हुनेछ तर अध्ययनका बिषय बस्तुहरु तीनै सामाजिक, राजीतिक ,आर्थिक वा बातावरणीय हुनेछन् तर सन्दर्भ फरक हुनेछ । हालसम्म जसरी बिश्वयुद्ध अघि र पछिको मानचित्र बन्दै आएको छ त्यसैगरी कोरोनाको प्रभाव अघि र पछिको अध्यायले तुलनात्मक समय अन्तरको मानचित्र नकोर्ला भन्न सकिन्न । अहिलेको संकटमा युग अनुसारको यो बिषयवस्तु महत्वपुर्ण पनि छ र कोरोनाको भ्रम र यथार्थले संसारमा चर्चाले ठूलो स्थान लिएको छ । आज चर्चित छ, भोलिका दिनमा यो चर्चा बिगतकै जस्तो पुस्ताकलयमा बस्ने छ । इतिहासले सुरक्षित गर्नेछ, पुन अध्ययन गर्नेछ, ब्याख्या गर्नेछ र तथ्यांकहरुको पुनःमुल्यांकन गर्नेछ । यी यस्ता अनुमानहरुको बिचमा अहिलेको उत्सुकता यो छ कि बिज्ञानले कोरोना उत्पादन गरेको हो वा स्वयं उत्पादित कोरोनासँग बिज्ञानले हारिरहेको छ यो तथ्य बाहिर आएको छैन र निकट भविष्यमा आउनेछ भन्ने आशा गरौं ।

मानिसहरुले विश्वको कोरोनाको बिषयलाई लिएर केही राजनीतिक संकथनहरु अनुमान गरिरहेको पाइन्छ । केहि संकथनहरु यस्ता छन कि कोरोनाको असरले विश्व लोकतान्त्रीकरणको शक्ति चाँडै हरण हुनेछ र समाजवादको उत्कर्ष बढ्नेछ । लोकतान्त्रिक राष्ट्रहरुले कोरोना रोकथाममा असफल भएको र समाजवादी राष्ट्रहरु सफल भएको भन्ने तर्क लिएर भ्रम फैलाउने केही तथाकथित बिज्ञहरु देखिनु स्वभाविक पनि छ । तर यसमा कुनै सत्यता देखिदैन । यो  राजनीतीको बेमौसमी बाजा हो । यसमा धुन निस्कन सक्छ ताल आउदैन । यस्तो बेलामा कसैले पनि अवसरको राजनीति गर्न मिल्दैन । यो बेला भनेको मिलेर मानव संसारको संरक्षमा जुट्ने हो ।

(लेखक: अधिवक्त हुन)



नयाँ