विराटनगर । पूर्वी नाका जोगवनीबाट भारतीय मालबाहक गाडीहरुको आवागमन सहज हुँदै गएको छ । भारतीय जाँच अधिकारीले सहजरुपमा जाँच अनुमतिपत्र दिएपछि मालवाहक गाडीसहित इन्धनका गाडी भित्रिने क्रम बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
सो नाका हुँदै अपराह्नसम्ममा चारवटा ग्यासका बुलेट, दुई डिजेल टयाङ्करसहित ९२ वटा गाडी भित्रिएको विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतले बताए । जोगवनी बजारमा तिहारदेखि भीडभाड बढेकाले पाँचसय मिटरको बाटो पार गराउन पनि घण्टौं लाग्ने गरेको छ ।