arrow

प्रधानमन्त्रीको निर्देशनमा सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनाल सांसद अपहरणमा लागेको आरोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
sarbendra-kishan-mahesh.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले राज्य सत्ताको चरम दुरुपयोग गर्दै सांसदहरुको अपहरण गरेको आरोप लगाएको समाजवादी पार्टीले अपहरणमा संलग्नहरुको नाम पनि सार्वजनिक गरेको छ।

समाजवादी पार्टीका सहायक प्रवक्ता विश्वदीप पाण्डेले ट्वीटरमा अपहरणकारीहरुको नाम पनि सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्,‘ पूर्व आइजिपी सर्वेन्द्र खनाल,  महेश बस्नेत र व्यापारी सांसद किसान श्रेष्ठ काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर काठमाडौ ल्याइएको रहेछ। ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अब ओलीलाई विदा गरौं।’

व्यापारिक पृष्ठभुमीका किसान श्रेष्ठ तनहुँका सांसद हुन्। उनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर सांसद भएका थिए। खनाल पनि तनहुँकै हुन्। कांग्रेस पृष्ठभुमीका खनाललाई अख्तियार वा अन्य कुनै संवैधानिक आयोगको नियुक्तीको आश्वासन दिलाएर महोत्तरीको सांसदलाई काठमाडौं ल्याउन सक्रिय भएको बुझिएको छ। सर्वेन्द्रले आफू आइजीपी हुँदा महोत्तरीका एसपी बनाएका श्यामकृष्ण अधिकारीलाई यसमा प्रयोग गरेका थिए।

पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर काठमाडौ ल्याइएको रहेछ । ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अब ओलीलाई विदा गरौं ।

— Bishwadeep Pandey (@BishwadeepP) April 23, 2020

समाजवादीका एक नेता गंगा श्रेष्ठले झण्डै ९ वजेतिर कलुदेवी बिश्वकर्मा लगायतका सांसदहरुलाई मेरियट होटलको पछाडीबाट रातो कारमा राखेर भगाएको बताए। उनले मेरियट होटलका ७०१ देखि ७१५सम्मका कोठाहरुमा राखिएका सांसदहरुसँग कुरा गर्न पार्टीका तर्फबाट अशोक राई लगायतका नेताहरु गएको समेत बताएका थिए। आफूहरु होटल जाँदा बस्नेत सहितका नेकपाका सांसद र प्रहरीको अवरोध खेपेको बताए। उनले आफूहरुलाई पछि ३ वटा भ्यानमा आएका प्रहरीले नियन्त्रणमा लिइ छोडेको समेत बताए।   

समाजवादीको आरोपका बारेमा तिनै जनाको कुनै प्रतिक्रिया आएको छैन। अपहरणमा परिएका भनिएका डा यादब विहान मेरियट होटलबाट फुत्किई समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए। 

सरकारले सोमबार राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउन सहज व्यवस्था गरेको थियो। ४० प्रतिशत सांसद तथा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने प्रावधानलाई हटाएर सांसद वा केन्द्रीय सदस्यले मात्र फुटाउन सक्ने प्रावधान राखेपछि समाजवादी पार्टीका सात सांसदले नयाँ पार्टी घोषणाको तयारी गरेका थिए । प्रधानमन्त्रीको डिजाइनमा भएको यो तयारीलाई समाजवादी र राजपाले बुधवार राती नै पार्टी एकिकरण गरि जवाफ दिएका थिए। ति दलका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ