रुपन्देही । रुपन्देहीको बेलहिया नाका (सुनौली)बाट सोमबार चार गाडी इन्धन भित्रिएको छ । आइतबार सो नाकाबाट ५३ गाडी इन्धन आएको थियो ।
सोमबार साँझ ६ बजेसम्ममा सो नाकाबाट तीन बुलेट ग्यास र एउटा डिजेलको गाडी मात्रै नेपाल भित्रियो । २ सय ५ मालबाहक ट्रक , २९ पर्यटक सवार बस , ३१ पिकअप र ७८ अन्य सवारी नेपाल भित्रिएका भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
इन्धनका गाडी साँझ ५ बजेपछि मात्रै नेपाल छिरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । आइतबार बेलहिया नाकाबाट इन्धनका गाडीसहित कम्तिमा पनि तीन सय मालबाहक सवारी साधन नेपाल भित्रिए ।