- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हाम्रा नेताज्यूका दुख:
भोट माग्ने बेला सयौ किलोमिटरपैदल हिड्यो,
गन्हाउने, फोहोरी गरिब जनतालाई अंगाल्यो ,
जातपात नभनी झुपडी झुपडी धाएर खाना खायो ,
हिलो खेतमा पसेर रोपाइँ गरे जस्तो गर्यो ,
गोठमा गएर गाइभैसी दुहुन पनि पर्यो ,
उल्टो भोज भतेर रक्सि मासुको कुरै भएन ,
खोला बग्छ पैसाको गन्ति हुदैन I
बल्ल बल्ल गरेर चुनाव जित्यो ,
त्यसपछि त झन् झन् गाह्रो हुदै आयो,
भाइ, छोरो, सालो , भान्जो, भतिज लाई उभो लाउनै पर्यो ,
ठेकेदार, टोले गुण्डा, भूमाफियासंग साँठगाँठ गर्ने पर्यो I
फेरी हजुर करोड भन्दा तल त खानै नहुने,
खाए पनि आफ्नो भागमा केहि पर्दै नपर्ने ,
अख्तियार त आफै सेटिङ्ग मिलाउदै ठिक्क ,
साना तिना भुरा माछा समाउँदै मख्ख I
अब कोरोना कालको बेला नेताजीको दुख बेग्लै I
अर्बौको सामान ल्याउदा जाबो केहि करोड हजम गर्यो,
आफ्नो घरमा आएका पाहुना भेट्न जानै पर्यो ,
पी पी इ को सदुपयोग बगैचामा बसेर सेल्फी खिचेर गर्ने ,
घर भित्रकै मिटिंगमा पनि N95 मास्क चाहिने I
गाडीका लावालस्कर लगाएर बालुवाटार ,खुमलटार ,संसद भवन गर्ने ,
आफ्नो तलब भत्ता डबल त्रिबल पचाउने ,
जनताको अघि आदर्शका गफ बजाउने I
करोडौको गलैचा हजुर लाखौको जिमखाना ,
जनता भोकै भुइमा लडे शिरमा आकाशको छाना I
अर्बौ खर्च गरेर राहत बाढेको कसैले नदेख्ने ,
यस्ता दुख पाएका हाम्रा नेता लाई उल्टै हेप्ने ??