arrow

समाचार प्रभाव : जिप्रकाद्वारा तत्काल बजार नखोल्न उबासंघलाई निर्देशन

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
gauradaha4.jpg

झापा । झापाको गौरादह नगरपालिका भित्र रहेको व्यापार व्यवसाय शनिबारबाट खोल्ने निर्णयबाट गौरादह उद्योग बाणिज्य संघ पछि हटेको छ । बजार खुल्ला हुने समाचार हाम्राकुरामा प्रकाशित भएपश्चात् जिल्ला प्रसासन कार्यालयबाट उद्योग बाणिज्य संघलाई अर्को सूचना नआएसम्म पहिलेको जस्तै लकडाउन पालना गर्न निर्देशन गरिएको हो । 

बाणिज्य संघका अध्यक्ष जेबी कार्कीले जिल्ला प्रसासन कार्यालयबाट उक्त निर्देशन आएको जानकारी दिएका छ्न्। सिडियो कार्यालयद्वारा तत्काल बजार नखोल्न र लकडाउनलाई पालना गरि अगाडी बढ्न निर्देश दिएपछि बाणिज्य संघ आफ्नो निर्णयबाट पछी हटेको हो । 

शुक्रबार बिहान उबासंघले नगरपालिका भित्र रहेका बजारहरु शनिबारबाट बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुस्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ