arrow

कांग्रेस उपसभापति विमलेन्द्र निधीले सोधे, गोर्खाको गाउँनै चीनको कब्जामा हुँदा पनि सरकार किन मौन?

सीमाको बिषयमा कुनैसँग आक्रामक र कुनैसँग लम्पसार पर्नु उपयुक्त हैन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ९ मंगलबार
bimalendra-kp.jpeg

काठमाडौं। उत्तरको छिमेकी चीनले सीमामा गरेको अतिक्रमणको बारेमा समाचार सार्वजनिक हुँदा संसदको चालू वैठकमा त्यसको चर्चा समेत नभएको र सरकारले पनि यस बारेमा जानकारी नगराएपछि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनका गतिविधिबारे सरकारको जवाफ मागेका छन्।

सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेका बिषयहरुमा हाम्राकुरासँग कुरा गर्दै उपसभापति निधिले ६० बर्षदेखि कब्जामा रहेको गोरखाको तिब्बती सिमामा रहेको रुई गाउँको बारेमा सरकारको जवाफ माग गरे।  

निधीले हिमालय र सगरमाथामा चिनियाँ गतिविधि आपत्तिजनक भएको बताएका छन्। त्यस्तै उनले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोकमा ३६ हेक्टर जग्गा कब्जा गरेको बारे पनि सरकारको जवाफ मागेका छन्। उनले कोरोनाबारे सहयोग र चिनियाँ भाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आएको भन्दै जवाफ मागेका हुन्।  

‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३६ हेक्टर जग्गा चीनद्वारा कब्जा,’ उनले भनेका छन्, ‘गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाँ भाषा पढाउने नाउँमा चिनियाँ सेना आउने र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो।’ 

देशको भूगोल जुन देशले मिचे पनि उस्तै दुख्नु पर्नेमा कुनैप्रति आक्रामक हुनुपर्ने र कुनैप्रति लम्पसार पर्नुपर्ने उपयुक्त नरहेको उनले बताए। जुन छिमेकीले मिचेपनि राष्ट्रप्रेम उत्तिकै दुख्नुपर्ने उनले बताए। तर हामीकहाँ राष्ट्रियता र राष्ट्रप्रेम पनि देश अनुसारको भएकोमा उनले आश्चर्य प्रकट गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ