arrow

प्रधानमन्त्री ओलीज्यू नयाँ दिल्लीलाई नेपाल कहिले सार्ने, साउथ ब्लकलाई बालुवाटारमा कहिले गाभ्ने ? 

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ असार ३० मंगलबार
kp-oli.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भनाइमार्फत इतिहास र परम्परालाई चुनौती दिने काम गरेका छन् । उनले प्रधानमन्त्रीमा हुनुपर्ने सभ्य र सामान्य व्यवहार समेत देखाउन चुकेका छन् । 

उनको पछिल्लो अभिव्यक्तिले सिंगो कुर्सीको अपमान मात्र गरेको छैन छिमेकी राष्ट्रसंगको सम्बन्धलाई बिगार्ने काम गरेको छ । जुनसुकै विषयमा पनि बोल्दा आफूमात्र त्सस विषयको सर्वेसर्वा र विज्ञ जसरी बोल्दा उनी विवादमा त आएकै हुन् सोमबारको बोलीले त उनले इतिहासलाई समेत मेट्ने काम गरेका छन् । 

हाम्रा धार्मिक तथा ऐतिहासिक तथ्यलाई एकैपटक ध्वस्त पार्ने र राजनीतिक भन्दा पनि सदिऔं पहिलेदेखि रहँदै आएको नेपाल–भारत सम्बन्धलाई एकैपटक विभिन्न मोर्चा खोलेर जसरी सकाउने योजनामा ओली लागेका छन् यसले नेपाललाई नसोचेको अप्ठेरोमा पार्नतर्फ उद्दत रहेको बुझ्न सकिन्छ ।  

ओलीले भन्ने बित्तिकै अयोध्या नेपालमा पर्दथ्यो भने कैलाश मानसरोवर पनि उनी नेपालमा पार्न सक्छन् । धरातलीय यथार्थ बिर्सेर उनले भन्दैमा न अयोध्या नेपालमा आउन सक्छ न त कैलाश मानसरोवर चीनबाट नेपालमा आउन सक्छ । 

गौतम बुद्ध नेपालमा जन्मेको यथार्थ हो । तर यसको मतलब हैन कि भगवान राम पनि नेपालमै जन्मेका हुन् । 

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्सामा पार्नासाथ संसारको जुनसुकै क्षेत्रलाई आफ्नो बनाउन सक्छु भन्ने सस्तो लोकप्रियता बटुल्दै गर्दा जुन मर्यादा नाघेर ओलीले काम गर्न खोजेका छन् त्यो आधुनिक नेपालको लागि विडम्बनापूर्ण छ । 

ओलीले सोमबार भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । यसै त नेपाल–भारत सम्वन्ध उनले कुटनीतिक पहल गर्न नसक्दा चिसिइरहेको छ । त्यसमाथि उनको नयाँ अभिव्यक्तिले अझ गहिरो विवाद खडा गरेको छ । 

भारतमा भन्दा पनि बढी उनको नेपालमा विरोध भइरहेको छ । यसरी बोलेकै भरमा आफ्नो बनाउन सक्ने हो भने भारतको राजधानी नयाँदिल्लीलाई पनि नेपालको बनाउने हुन् कि ? 

पोखरा नजिकको सानो गाउँको नाम ‘दिल्ली’ छ । त्यसैको नाममा उनले भारतले ‘नयाँ दिल्ली’ भन्ने राखेको भन्दै त्यो नयाँ दिल्ली पनि नेपालको भन्ने हुन् कि ? 

के प्रधानमन्त्री ओलीले बालुवाटारलाई साउथ ब्लक घोषणा गर्न सक्छन् ? प्रधानमन्त्री ओलीज्यू नयाँ दिल्लीलाई नेपाल कहिले सार्ने, साउथ ब्लकलाई बालुवाटारमा कहिले गाभ्ने ?

नेपालीलाई मूर्ख बनाएँ भन्दैमा सारा संसारलाई सक्छन् ? 
२०७२ सालको नाकाबन्दीले नेपालीलाई पोल्नु पोलेको छ । आफ्नो राजनीतिक दाउपेच पूरा गर्न राष्ट्रवादी बनेको ढोङ्ग रच्दा सारा जनताले दुःख पाए । 

हामी मुर्ख छौं । त्यसैले त उनलाई भारी मतले जितायौं । 

आफ्नो पार्टीमा आलोचित भएपछि नक्सासंगै आफूलाई फाल्न भारत लागेको बताए । 

यसमा पनि हामी मूर्ख भयौं । हामीमध्ये कतिपय त सडकमै ओर्लेर चिच्याइरहेका छौं । 

जसले महाकाली बेच्दा लिम्पियाधुराको पत्तो पाएन अहिले आएर नक्सा समेट्दा हामी महान् ठान्यौं । 

नेकपाकै उपाध्यक्ष वामदेव गौतमले त्यतिबेला नेकपा एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले स्वीकार गरौं भनेर प्रस्ताव पनि गरेका हुन् नेकपाको स्थायी कमिटी बैठकमा । तर ओलीले सुन्छन् र ? 

नेपालीलाई राम्रैसंग मुर्ख बनाएका छन् ओलीले । त्यो पनि पटक पटक सक्न पनि सक्छन् । 

यो सरकारले भ्रष्टाचारीलाई चिन्दैन भने । नभन्दै नेकपाका जति पनि भ्रष्टहरु छन् अहिलेसम्म कसैलाई चिनेको छैन । 

जहाज खरिद प्रकरण, यति होल्डिङ्सको प्रकरणदेखि लिएर उनले रचेका थुप्रै काण्डमा उनले सबैलाई चोख्याए । 

३८ किलो सुन कर्लप्पै पारे । अझै पनि अभियुक्तहरुलाई केरकार गर्ने क्रम रोकिएको छैन । 

उनका भ्रष्टाचारमा संलग्न भएको आरोप लागेपछि मन्त्रीपदबाट राजीनामा दिएका गोकुल बाँस्कोटामाथि कार्वाही भएको छैन । 

ओलीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगदेखि न्यायपालिकासम्मलाई मूर्ख बनाइरहेका छन् । 

संसदीय व्यवस्थाको अपमान गरेर कुनै पूर्व जानकारी र प्रक्रिया बिना नै बजेट अधिवेशन अन्त्य गरेको एक महिना पनि बितेको छैन । 

अब कति मूर्ख बनाउने ? 

प्रधानमन्त्रीज्यू अब कैलाश मानसरोवर चीनबाट कहिले ल्याउने?

'प्रधानमन्त्री केपी ओलीको कम्वोडियाको टेलिकममा लगानी, स्वीस बैङकमा ६६ करोड'

बिरामी प्रधानमन्त्रीको बिमार अभिव्यक्ति, उपचार गराउन सुझाव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ