arrow

रंगेलीको समुदायमै देखियो कोरोना, स्वास्थ्यकर्मी र प्राधिकरणका कर्मचारीमा संक्रमण

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
rangeli2.jpg

किरण न्यौपाने,  रंगेली । मोरङको रंगेली नगरपालीकामा समुदाय स्तरमै कोरोना संक्रमण देखिएको छ ।  

रगेली नगरपालीकाले  स्वाप संकलन गरी पठाएको १ सय ५६ जना मध्ये २२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

 रंगेली अस्पतालका ३ जना स्वास्थ्यकर्मी  र नेपाल विधुत प्राधिकरणका ५ जना कर्मचारी सहित रंगेली ७ का बजारका १४ जनामा कोरोना देखिएको रंगेली नगरपालीका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए । 

रंगेलीमा २२ जनामा कोरोना पोजेटिभ देखिएपछी रंगेली नगरपालीले आकस्मीक बैठक राखेको बुझिएको छ ।

 प्रदेशको विराटनगर , धराना र गोठगाऊ कुवारेन्टाईन खाली नभएकाले उनिहरुलाई कहा राख्ने भन्ने समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख मण्डलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ