arrow

बलुचिस्तान लिबरेसन आर्मीलाई आतंककारी घोषणा गराउँन किन चाहन्छ चीन ?

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १९ सोमबार
balochistan-liberation-army-bla.jpg

काठमाडौं। चाइना पाकिस्तान इकोनोमिक करिडोर(सीपीईसी)लाई पूरा गर्नका लागि बलुचिस्तान लिबरेशन आर्मी (बीएलए)लाई संयुक्त राष्ट्र संघबाट आतंककारी घोषणा गराउन पाकिस्तानलाई चीनले दबाब दिइरहेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को १२६७ अन्तर्गत बीएलएलाई राख्न चीनले पाकिस्तानलाई दबाब दिएको हो । चीनले पाकिस्तानलाई यस विषयमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

चीन र पाकिस्तानबीचको कुटनीतिक वार्ताको चीनले पाकिस्तानलाई कश्मिर मुद्दा उचाल्न र त्यसमा आफुले पूर्ण सहयोग र समन्वय गर्ने आश्वासन दिएको छ।
उता इस्लामाबादले हङकङमाथि लागु गरेको कानुन र साउथ चाइना सीको कुरालाई लिएर चीनलाई समर्थन गरेको छ। दुईतर्फी रुपमा चीन र पाकिस्तान समन्वय गरेर बढेका छन्।

बेइजिङ र इस्लामावाद अहिले पाकिस्तानको गम्भिर वित्तिय संकटलाई टार्ने तयारीमा जुटेका छन्। आउँदो संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानलाई कश्मिरको मुद्दा उचाल्न चीनले उक्साएको भारतको बुझाई छ। त्यसैका लागि पनि अहिले चीनले पाकिस्तानलाई साथ दिइरहेको भारतीय मिडियाहरुले लेखेका छन्।

चीनले आफ्नो व्यापारीक विस्तार थालेको सिपेकको करीडोरमा बीएलए र तुर्किस्तान इस्लामीकको बढ्दो गतिविधी साम्य पार्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्बाट बीएलएलाई आतंकारी घोषणा गराएर प्रतिबन्ध लगाउन चीनले योजना बनाएको छ।

पाकिस्तानसँगको व्यापारीक करिडोरमार्फत सोझै पाकिस्तानको ग्वादर बन्दरगाहमा आफ्नो सामान पुर्याउनु र त्यहाँबाट अफ्रिका र मध्यपूर्वमा व्यापारीक सञ्जाल फैलाउनु चीनको अहिलेको रणनीति हो।

त्यसका लागि उक्त करिडोरमा विरोध गरिरहेको बीएलएलाई रोक्न पाकिस्तानलाई चीनले प्रयोग गर्न खोजेको हो। इस्लामावादले बीएलएलाई युएनको १२६७ नम्बरको निर्णयअनुसार प्रतिबन्ध गराउन नचाहे पनि बेइजिङले दबाब बढाएको छ । यो कमिटिले तालिवान र अलकाइदा समुहलाई लगाएको जस्तै प्रतिबन्ध बीएलएलाई लगाउन सक्छ।

बीएलएले चीन पाकिस्तान व्यापारीक करिडोर र चिनियाँ नौसेनाको लागि र व्यापारीक जहाजको लागि पाकिस्तानी ग्वादर बन्दरगाहको प्रयोगको विरोध गरिरहेको हो। यसैकारण चीनले पाकिस्तानलाई उक्साएर बीएललाई अन्तराष्ट्रिय आतंकवादी घोषणा गराइ प्रतिबन्ध लगाउन खोजिरहेको हो। बीएलएले पछिल्ला २ वर्षयता कराँचीस्थिती चिनियाँ दुतावासमा आक्रमण गरेको छ भने कराचि स्टक एक्सचेन्ज र ग्वादारस्थित लक्जरी होटलमा समेत आक्रमण गरेको छ। जहाँ बन्दरगाहको निर्माण गरिरहेका चिनियाँहरु बसिरहेका थिए।

चीनले सुरुवाती चरणमा ४६ अर्ब खर्च गर्दै पाकिस्तासँगको आर्थिक करिडोरका निर्माण गरि अरब सागरहुँदै अफ्रिका र मध्यपूर्वमा आफ्नो व्यापार फैलाउनका लागि ग्वादार बन्दरगाहको प्रयोग र विकास गरिरहेको छ । 

भारत र चीनबीचको लद्दाख विवादको कारण चीनले तिब्बत र पाकिस्तान जोड्न खोजिरहेको काराकोर्मा पासमा भारतले निसाना बनाउन सक्ने आँकलन केहि चिनियाँ रणनीतिकारहरुमा छ। चीनले भविष्यको व्यापारीक कारोबार विस्तार लागि पाकिस्तानको काराकोर्मा करिडोरलाई प्रयोग गरेर त्यहाँबाट सोझैं ग्वादार बन्दरगाहमा सामानहरु पुराउँदै अफ्रिका र मध्यपूर्वमा व्यापारीक साम्राज्य फैलाउन खोजेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ