arrow

काम कुरा एकातिर कुम्लो बोकी ठोरीतिर

logo
आर एल श्रमजीवी 
प्रकाशित २०७७ साउन २७ मंगलबार
pm-kp-oli-2019.jpg

बिश्व कोरोना भाइरसको महामारीमा त्राहिमाम छ । नेपालको राजधानीसहि देशभर कोरोना सल्किरहेको यो बेला कम्युनिस्ट प्रधानमन्त्री खडगप्रसाद ओली चितवनको ठोरीमा राम मन्दिर बनाउने उर्दी जारी गर्छन् । जनता कोरोना भाइरस, सलह प्रकोप र बाढी पहिरोबाट पीडित भइरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो निर्णय काम कुरा एकातिर कुम्लो बोकी ठोरीतिर भएको छ ।

प्रम ओलीलाई जसरी पनि सत्तामा टिकिरहनु छ । झण्डै दुई तिहाइको मत पाइ सरकार बनाएर कार्यकालको आधा समय बिताउँदा पनि देश र जनताका लागि यो सरकारले फिटिक्कै काम गरेको छैन । सरकार बन्नासाथ रेल र पानीजहाजका कुरा गर्ने ओली राष्ट्रवादी पनि होइनन्  भन्ने कुरा पछिल्ला दिनले स्पष्ट पार्दैछ । चुच्चे नक्सा पास गर्नु तर भारतलाइ आफ्ना तर्फबाट कुटनैतिक बार्ताको पहल नगर्नुको कारण के ?  उल्टो इतिहासले प्रमाणित नगरेको पौराणिक कुरा राम नेपालमा जन्मेका र अयोध्या नेपालकै ठोरीमा पर्छ भनेर जग हसाउने कुरा पो गर्दैछन् । यो भारत सरकारलाइ मात्र होइन भारतीय जनतालाइ चिढ्याउने काम प्रम ओलीबाट भएको छ । ओलीको यो नक्कली राष्ट्रवाद सत्तामा टिकिरहने उपाय बाहेक केहि  होइन । आफ्नै  पार्टीलाई  मिलाएर लान नसक्ने अहंकारी, अभिमानी, नीति र बिधान मिचुवा भनेर स्वयं नेकपाका नेताकार्यकर्ताहरु भन्दैछ्न । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने माग उठेको पनि डेढ महिना बितिसकेको छ ।

राम जन्मभुमि अयोध्यामा पर्छ भन्ने कुरा हाम्रा पौराणिक ग्रन्थमा उल्लेख छन् । त्यो अयोध्या भारतमा पर्छ  भन्ने कुर कुनै बिवाद छैन । हुँदै नभएको कुरालाइ उछाल्नु प्रधानमन्त्री ओलीको कुन नियत हो ? भन्ने प्रश्न सार्बजनिक रूपमा नै बहस हुन थालेको छ । प्रधानमन्त्री ओलीका अन्धभक्तहरु ओलीले जे बोल्दा पनि होमा हो गर्दै समर्थन गरिरहेका छन् । प्रधानमन्त्री ओली राम जन्मभुमिको कुरा निकालेर नाङ्गो बादशाह बनेका छ्न् । असार ३० गते नै राम जन्मभूमिको बिषयमा परराष्ट्र मन्त्रालयले बिज्ञप्ति जारी गर्दै राम अयोध्यामा जन्मिएका र त्यो भुमि भारतमा पर्छ भनिसकेको अवस्थामा पनि प्रम ओलीले गत शनिबार माडी नगरपालिकाका मेयरलाइ बालुवाटार बोलाएर राम मन्दिर बनाउन तयारी गर्नु भन्ने कुरा कम कुरा एकातिर कुम्लो बोकी ठोरीतिर भएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको दुबै मृगौला प्रत्यारोपण गरिएको छ । ऊनी सामान्य मानिस जस्ता हुनै सक्दैनन् । प्रम ओलीले नियमित कडा  औषधी खानुपर्ने  हुन्छ । कडा औषधिको प्रभावले गर्दा उनको मष्तिस्कमा जे आउँछ त्यही गर्दै आएको घटना र तथ्यहरुले स्पष्ट पारेको छ । पार्टी भित्रको विवाद भुसको आगो झै तलसम्म पुगेको छ । प्रम ओलीको निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको नेकपाकै नेताहरू बताउँछन् । जस्ले जे भने पनि उनि मान्दैनन् । देश र संविधानको रक्षक राष्ट्रपतिलाइ उनले जे भन्यो त्यही गराउने थपना बनाएका छ्न् । त्यसैले सितल निवास सम्मानित संस्था बन्न नसकेर विवादित भएको छ । ओली जति दिन प्रधानमन्त्रीको कुर्सीमा रहन्छन् देशमा केहि हुनेवाला छैन । उनको कार्यशैलीले देश दुर्घटनाको डिलमा पुगेको कुरा राजनीतिक पर्यवेक्षकहरु बताउँछन् । यहि बीचमा छिटै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । आफ्ना पक्षमा नलाग्ने मन्त्रीहरूलाई हटाउन लागिएको खबर पनि आएको छ । आफ्नो कित्तामा नरहेका प्रचण्ड, माधव नेपाल पक्षीय मन्त्रीहरु हटाएर एक पक्षरूपमा प्रम ओली अगाडि बढ्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ