arrow

बलुचिस्तानमा भइरहेको मानवअधिकार हनन विरुद्ध जर्मनीमा प्रदर्शन 

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १ सोमबार
baluch-protest-in-germany.jpg

बर्लिन । जर्मनीमा रहेका बलुच अधिकारकर्मीहरुले पाकिस्तानको बलुचिस्तानमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाविरुद्ध जर्मनीमा प्रदर्शन गरेका छन् । 

पाकिस्तानी सेनाले बलुचिस्तानमा ९ वर्षीया बालिका नाज बीबीसहित क्यासार परिवारको हत्या गरेको र चरम मानवअधिकार उल्लंघन गरेको भन्दै अधिकारकर्मीहरुले जर्मनीमा प्रदर्शन गरेका हुन् । 

बलुच नेशनल मुभमेन्ट जर्मनी क्षेत्रले उक्त प्रदर्शनको आयोजना गरेको थियो । त्यसैगरी उनीहरुले #JusticeForNazBibi अनलाइन अभियानमा पनि सञ्‍चालन गरेका छन् । 

बलुचिस्तानमा पूर्णरुपमा मिडियामाथि प्रतिबन्ध लगाइएको, राजनीतिक नेताहरुको अपहरण गर्ने गरिएको, अल्पसंख्यकमाथि दमन गर्ने गरिएको, पाकिस्तानी सेनाले नाजायज क्रियाकलाप गर्ने गरेकोलगायतका मानवअधिकारविरुद्धका गतिविधिहरु भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । 

उक्त प्रदर्शनमा ठूलो संख्यामा राजनीतिक नेता कार्यकर्ता र ठूलो संख्यामा स्थानीयको सहभागीता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ