arrow

पत्रकार खशोग्गीको हत्या प्रकरणमा आठ व्यक्तिलाई जेल सजाय

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
jamal-khashoggi-journalist-killed.jpg

रियाद । साउदी अदालतले सोमबार सन् २०१८ साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ ।”

यस पहिले उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको थियो ।

अदालतको अन्तिम फैसला खशोग्गीका छोराहरूले आफुहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि आएको छ । उनीहरूले गत मेमा आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका  प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ