arrow

चाणक्यका अनुसार यस्ती श्रीमती घरमा भए जंगल जादै राम्रो

चाणक्य १

logo
चाणक्य,
प्रकाशित २०७७ असोज ७ बुधबार
chanakya1.jpg

काठमाडौं । पुरानो समयमा भारत विभिन्न वर्गमा विभाजित थियो। त्यस बेला आचार्य चाणक्यले सम्पूर्ण भारतलाई एकजुट गरेर चन्द्रगुप्तलाई अखण्ड भारतको सम्राट बनाए। चाणक्यले नीति पुस्तक पनि रचना गरेका छन् । जसको नाम चाणक्य नीति हो। यस नीतिमा उल्लिखित नीतिहरू अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं।

चाणक्य नीतिको पहिलो अध्यायमा आचार्य चाणक्य भन्छन्– तीनै लोकका मालिक सर्वसमर्थ भगवान् विष्णुलाई शिरले प्रणाम गरी सम्पूर्ण शास्त्रहरुबाट साभार गरिएको राजनीतिसँग सम्बन्धित सम्पूर्ण विषयहरु साररुपमा म बताउँदछु । जुन मानिसले यस नीतिशास्त्रलाई विधिपूर्वक पढेर धर्मशास्त्रहरुमा बताइएको शिक्षासँग सम्बन्धित प्रसिद्ध कर्तव्या–कर्तव्य (गर्न हुने र नहुने) तथा शुभाशुभ (राम्रो र नराम्रो) कर्मलाई राम्रोसँग जान्दछ त्यो धेरै उत्तम हुन्छ । संसारको कल्याणका लागि म त्यो कुरा भन्दछु, जसलाई राम्रोसँग जाने मात्र पनि सम्पूर्ण ज्ञान प्राप्त हुन्छ ।

आचार्य चाणक्य नीति शास्त्रको चौथो अध्यायमा भन्छन्-
 मूर्खशिष्योपदेशेन दुष्टास्त्रीभरणेन च।
दुःखितैः सम्प्रयोगेण पण्डितोऽप्यवसीदति ।।४।।
श्लोकमा आचार्य चाणक्यले कस्ता मानिसले दुःख पाउँदछ त्यसको व्यख्या गरेका छन् । चाणक्यका अनुसार मूर्ख शिष्यलाई उपदेश दिनाले, दुष्ट स्त्रीलाई पालन,पोषण,भरण गर्नाले र दुःखीहरुका साथ व्यवहार गर्नाले अर्थात् दुःखीहरुलाई काममा प्रयोग गर्नाले बुद्धिमान् (पण्डित) ले पनि दुःख पाउँदछ ।

माता यस्य गृहे नास्ति भार्या चाप्रियवादिनी।
अरण्यं तेन गन्तव्यं यथारण्यं तथा गृहम् ।।५।।
पाँचौं श्लोकमा आचार्य चाणक्यले स्त्रीको स्वभावको कुरा गरेक छन् । चाणक्यका अनुसार जसको घरमा आमा हुनुहुन्न, त्यसैगरी जसकी श्रीमती रुखो बोली र छुच्चो स्वभावकी छे । त्यो घर नभएर जंगल समानै हो । त्यस्तो मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ ।

अर्थात दुष्ट स्त्रीलाई पालन, पोषण,भरण गर्नाले बुद्धिमान् श्रीमानले  दुःख पाउँदछ भने रुखो बोली र छुच्चो स्वभाव भएकी श्रीमती घरमा भए घर जंगल समान हुन्छ । त्यसैले चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने चाणक्य बताउछन्  । यस बिषयमा बिचार नगरि विवाह गरे मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ ।

साथै उनले दुष्ट स्वभाव भएकी आफ्नी स्त्री, मूर्ख मित्र, मालिकसँग मुखमुखै लाग्ने सेवक र सर्प भएको घरमा वास यी सबै मृत्यु समान हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ