arrow

नबिल बैंकले ल्यायो ‘नबिल ग्रिन पिन सेवा’, पिन रिसेट गर्न बैंकमै पुग्नुपर्ने झन्झटको अन्त्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
Artwork.png

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकका लागि नबिल ग्रिन पिन सेवा ल्याएको छ । बैंकले आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुविधा प्रदान गर्न नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको हो ।

नयाँ पद्धतिको बैंकिङ सेवा र सुविधा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउन सधैं तत्पर रहेको जानकारी दिँदै बैंकले ग्रिन पिन सेवा पनि ल्याएको बताएको छ । उक्त सेवामार्पmत आफ्ना नयाँ ग्राहकलाई नयाँ  पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन रिसेट गर्ने सुबिधा उपलब्ध गराउने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ग्राकहले कुनैनि कार्डको पिन रिसेट गर्नुपरेमा वा पिन बिर्सेमा बैंक शाखामा आएर रिसेटको निवेदन दिने झन्झटको अन्त्य भएको बताए । ‘अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन’ उनले ने, ‘अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।’

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनेरेट ओटीपी फर पिन मेनु छान्नु पर्ने छ ।

त्यसपछि २४ घण्टा म्याद रहेको ओटीपी बैंकमा दर्ता रहेको मोबाइल नम्बमा प्राप्त गर्न सकिने छ । त्यसपछि इन्टर ओटीपी टु चेन्ज इयोर पिन मेनु छनौट गरी प्राप्त भएको ओटीपी राखेर पिन सेट वा रिसेट गर्न सकिने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्पmत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउ“दै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकलाई सुरक्षित र सहज सेवा प्राप्त हुने बैंकको अपेक्षा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ