arrow

मुख्यमन्त्री पोख्रेल चढेको गाडीमाथि बुटवलमा ढुङ्गा प्रहार

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १८ आइतबार
shankar-pokhrel3.jpg

रुपन्देही । काठमाडौंवाट हवाई मार्फत भैरहवा विमानस्थल आईपुगेका प्रदेश–५ का मुख्यमन्त्री शंकर पोख्रेल कडा सुरक्षाकाबिच बुटवल फर्किदै गर्दा मुख्यमन्त्री पोखरेल चढेको गाडीलाई लक्षित गरी आन्दोलनकारीले बुटवलमा ढुंङ्गा प्रहार गरेका छन् ।

बुटवलको मिलनचोक नजिक आन्दोलनकारीहरुले प्रहार गरेको ढुंङ्गाले मुख्यमन्त्री पोख्रेलको स्कटिङमा रहेका प्रहरीका २ वटा गाडीमा क्षति पुगेको वताईएको छ । प्रहरीको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।

साथै मुख्यमन्त्री पोख्रेल सवार गाडीमा ढुंङ्गा लागेर केही क्षति पुगेको जनाईएको छ । यद्यपी सवै जानकारी भने आएको छैन् । शनिबार (हिजो) काठमाण्डौं गएका मुख्यमन्त्री शंकर पोखरेल आइतवार (आज) गौतमबुद्ध विमानस्थल भैरहवा बाट बुटवल फर्किदै गर्दा आन्दोलनकारीहरुले ढुंङ्गा प्रहार गरेपछि प्रहरीले बुटवलको मिलनचोक बाट केही आन्दोलनकारीलाई प्रक्राउ गरेको वताईएको छ ।

पक्राउ पर्नेमा नेताहरु विष्णु पोख्रेल,मुक्ति पौडेल,हरिलाल पाण्डे,शिव गैरे,प्रकाश गैरे, ज्ञानेन्द्र बहादुर कार्की र पत्रकार कमला पाण्डे  लगायत रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ