arrow

म भोलि जाँदैछु

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असोज २६ सोमबार
bau.JPG

काठमाडौँ । गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सर्जक टेक खत्रीको शब्दलाई टप्पक टिपेर अनिल सिमालीले गीतको संगीत गरेका हुन् । पुरुषोत्तम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन्।

गीतमा गायक शिवसागर खड्काको सुमधुर स्वर रहेको छ। हाइलाइट्सले नेपालले आइतबार सार्बजनिक गरेको उक्त भिडियोले छोटो समयमा नै धेरै चर्चा बटुल्न सफल भएको छ । 

उक्त भिडियोमा कलाकारहरु अञ्जली अधिकारी, टेक अत्री र डीएन श्रेष्ठले मोडलिङ गरेका छन् । भिडियोको सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा हुमागाइँ र उनको टिमले गरेको हो ।

भिडियोको सम्पादन अमृत चापागाँईले गरेका छन् । सानै उमेरदेखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक खड्काको यो गीतले छोटोसमयमा नै  धेरै चर्चा पाईसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ