arrow

चाडपर्वको अवसरमा नेपाल टेलिकमका अफरै अफर

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
nepal-telecom-building.jpg

काठमाडौं। चाडपर्वको अवसरमा नेपाल टेलिकमले मोबाइल सेवामा विभिन्न अफर सार्वजनिक गरेको छ। टेलिकमले हाल उपलब्ध गराइरहेको समल अफरलाई परिवर्तन गर्दै बिहीबार देखि लागु हुनेगरी अटम अफर सार्वजनिक गरेको हो। अफर तीन महिनासम्म चल्ने नेपाल टेलिकमले जानकारी दिएको छ। अफर दुई चरणका भएपनि एकै पटक सार्वजनिक गरिएको टेलिकमले जनाएको छ। जसअन्तरगत घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका लागि ‘तिहार अफर’ सार्वजनिक गरिएको टेलिकमले जनाएको छ।

अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ। सोसल मिडियामा ५५ रुपैयाँमा तीन दिनसम्म चलाउन मिल्ने गरी युट्युब र फेसबुक अनलिमिटेड प्याकेज ल्याइएको छ। अफर खरिद गरेपश्चात १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक पनि खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक दिने गरिएकामा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज टेलिकमले ल्याएको छ। त्यस्तै १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ। अलटाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि भ्वाइस प्याक यथावत् रूपमा उपलब्ध हुने टेलिकमको भनाई छ। राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि सञ्चालनमा रहने टेलिकमले जनाएको छ।

यसअघि ‘वान डे डाटा प्याक’अन्तर्गत १५ रुपैयाँमा जुनसुकै समय चलाउन मिल्ने ६० एमबी प्याक दिने गरिएका ठाउँमा अब १०० एमबी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। त्यस्तै ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबीको ठाउँमा  अब ५०० एमबी पाइने टेलिकमले जानकारी दिएको छ। वान डे डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने गरी १० रुपैयाँमा ८० एमबी डाटा दिने गरिएकामा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध हुने गरेकामा अब १५ रुपैयाँमै उपलब्ध गराउने टेलिकमको भनाई छ।

यस्तै फेस्टिभल अफरअन्तर्गत दसैं र तिहार तथा छठ पर्वलाई समेत समेटी जीएसएम र सीडीएमए मोबाइल रिचार्जमा अतिरिक्त मिनेट बोनस दिइने टेलिकमले जनाएको छ। यसमा रिचार्ज कार्डबाट ५० रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ।
रिचार्ज कार्डबाट १०० वा एमपोसबाट ५१ देखि १०० रुपैयाँसम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुने टेलिकमले जनाएको छ।

रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिने छ। एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।

यसैगरी रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ। यस्तै रिचार्ज कार्डबाट १००० वा एमपोसबाट १००० हजार वा सो भन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न मिल्नेगरी १०० मिनेट बोनस पाउन सकिने नेपाल टेलिकमले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ