arrow

नबिल बैंकका सिइओ शाहलाई कोरोना पुष्टि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
anil-kesary.jpg

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिृकत (सिइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गराएको परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बिहानै समाजिक सञ्जाल फेसबुकमार्फत शाहले उक्त जानकारी गराएका छन् ।

यसअघि बुधबार गराएको परिक्षण रिपोर्ट अनुसार कोरोना नेगेटिभ देखिएपनि शनिबारको रिपोर्टमा पोजिटिभ देखिएको उनले फेसबुकमा उल्लेख गरेका छन् । बुधबार बास्ना नआउने लक्षण देखिएपछि कोरोना परिक्षण गराएको र नतिजा नेगेटिभ आएको उनले उल्लेख गरेका छन् ।

डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र शनिबार पुनः परिक्षण गर्दा पोजिटिभ देखिएको उल्लेख गर्दै उनले अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ