arrow

दशैं र कोरोनाको चर्चामा नबिल बैंकको मनै छुने भिडियो, सामाजिक संजालमा छाउँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
nabil-bank-dashain.jpg

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं यस बर्ष धुमधामका साथ मनाउन कोरोना महामारीको तगारो लागेको छ । कोरोना समुदायस्तरमा विस्तार भएपछि घरघरसम्म यसको असर देखिन थालेको छ । कोरोना र दशैंको यहि पृष्ठभूमीमा नबिल बैंकले शनिवार जारी गरेको एउटा भिडियो अहिले सामाजिक संजालमा चर्चामा छ । 

कोरोना पोजेटिभ देखिएपछि परिवारको मनोदशा, त्यसबाट पार पाउने क्रमका अप्ठयाराहरुमा बैंकिङ सेवाले दिलाएको खुसीलाई समेटेर तयार गरिएको भिडियोले धेरैको मन जितेको छ। परिवारमा कुनै पनि सदस्य विमारी पर्ने वित्तिकै चाडवाड पनि खल्लो हुन्छ। त्यसमा पनि परिवारको मूली नै विमारी परेर नजिकका खुसीहरु टाढा गएको अनुभुती हुँदा बालबालिकाको वालमनोविज्ञानले कसरी सोच्छ भन्ने कुरालाई मार्मिक ढंगले उतारिएकै कारण पनि भिडियोको चर्चा चुलिएको छ । 

एउटा सानो एकल परिवारले कोरोनाबाट पार पाउँदै गर्दा आफ्नो सन्तानको खुसीलाई फिर्ता ल्याउन सकेको कथा छोटो तर मार्मिक भिडियोमा देख्न सकिन्छ । आजको दिनमा हरेक घरको कथा बोकेका कारण नबिलको यो भिडियो सामाजिक संजालका धेरे प्रयोगकर्ताको मनमा बस्न सफल भएको पाइएको छ । कोरोना महामारी जस्तै अप्ठ्यारोमा पनि उपयोगी सिद्ध हुने क्यासलेस बैंकिङको प्रबर्द्धनसँगै बडादशैंको शुभकामनाका लागि तयार पारिएको भिडियो दुबै प्रयोजनका लागि सफल पाइएको छ । बैंकसँग असम्बन्धितहरुले पनि सामाजिक संजालमा शेयर गरेकैबाट यसको लोकप्रियता समेत अनुमान गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ