arrow

संसदबाट भागेको सरकारलाई तानेर संसदमा नल्याइ हुँदैन– गगन थापा

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
gagan-thapa-mask.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेरमात्र कर्तव्य पूरा नहुने भन्दै संसदमै उपस्थित गराउनु पर्नेमा जोड दिएका छन् । 

पार्टी सभापति शेरबहादुर देउवालाई सामाजिक संजाल ट्वीटरमार्फत संवोधन गर्दै सांसद थापाले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा नहुने बताएका हुन् । 

उनले संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई नहुने भन्दै त्यतातर्फ सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् । 

उनले संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिने पनि उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ