arrow

इन्डियन प्रिमियर लिगः प्लेअफ समीकरण खुला हुँदै, दिल्ली चिप्लियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
ipl-delhi-capitals1.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा प्लेअफ समीकरण खुल्ला बन्दै गएको छ । शनिबार कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेसँगै उक्त समीकरण खुला बन्दै गएको हो । 

अबुधाबीमा भएको खेलमा कोलकाताले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीलाई ५९ रनले पराजित गरेको हो । यो खेलमा पनि दिल्लीले सन्दीपलाई खेलाएको थिएन । सन्दीप अहिलेसम्म खेल्न पाएका छैनन् । 

शेख जायद क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले ९ विकेटको नोक्सानीमा १ सय ३५ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४७ तथा ऋषब पन्तले २७ रन जोडे । दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका भरुण चक्रवर्तीले २० रन खर्चेर ५ विकेट लिए । पाट कुमिन्सले ३ तथा लक्की फर्गुसनले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

कोलकाताका लागि सुनिल नारिन र नितेश रानाले चौंथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए । रानाले ५३ बलमा ८१ रन बनाए । नारिन ३२ बलमा ६४ रन बनाएर आउट भए ।

दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २–२ विकेट लिए ।

जितसँगै कोलकाताले दिल्लीसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । पहिलो भेटमा दिल्लीले कोलकातालाई १८ रनले हराएको थियो ।

शनिबार रातिको अर्को खेल 
किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । दुबईमा शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९.५ ओभरमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए । यस्तै विजय शंकरले २६ रन जोडे । 
पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३–३ विकेट लिए । त्यस्तै मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ७ विकेटको नोक्सानीमा १ सय २६ रन बनाएको थियो ।

पन्जाबका लागि निकोलस पुरनले नटआउट ३२ रन बनाए । यस्तै कप्तान केएल राहुलले २७ रन जोड्दा क्रिस गेलले २० रन बनाए ।

पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका राशिद खान, सन्दीप शर्मा र जासन होल्डरले २–२ विकेट लिए ।

जितसँगै पन्जाबले हैदराबादसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा पन्जाब ६९ रनले पराजित भएको थियो ।

अंक तालिका 
१० खेलबाट मुम्बई इन्डियन्स १४ अंकसहित शीर्ष स्थानमा छ । ११ खेलबाट १४ अंकको दिल्लीले पहिलो पटक शीर्ष स्थान ओगट्ने अवसर चुकाएको छ । रोयल च्यालेन्जर्स बैंगलोर १० खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । 

कोलकाता ११ खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । पन्जाब ११ खेलबाट १० अंकसहित पाँचौं स्थानमा छ । ८ अंकबाट हैदराबाद र राजस्थान छैटौं र सातौं स्थानमा रहेका छन् । 

११ खेलबाट ६ अंकको चेन्नई सुपर किंगस पहिलो पटक प्लेअफबाटै बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ