arrow

चार्डपर्व लक्षित नेपाल टेलिकमको छुट प्याक

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
nepal-telecom-logo.jpg.jpeg

काठमाडौं। नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया) का अवसरमा  एसएमएस पठाउन सहज होस् भनी नेपाल टेलिकमले एसएमएस प्याकका साथै अन्य प्याकहरु उपलब्ध गराइरहेको छ। सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ। हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अफरमा तीन प्रकारका सहुलियत उपलब्ध छन्ः रु. ५ मा २० वटा एसएमएस, रु. १५ मा ७० वटा एसएमएस र रु. ६० मा ३०० वटा एसएमएसका यी प्याकहरु क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

२० वटा एसएमएसका लागि  SMS20, ७० वटा एसएमएसका लागि SMS70 र ३०० वटा एसएमएसका लागि SMS300 लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ। यसैगरी *1415*1*5# डायल गरेर वा NTAPP बाट पनि एसएमएस सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिने जनाइएको छ। पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध रहेको जनाएको छ । यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ। सीयूजी प्याक अन्तर्गत रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ।

सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र  पठाउन सकिने जनाइएको छ। टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्टमा रजिष्टर गरेर त्यसबाट पनि विभिन्न प्याक खरिद गर्न सकिने बताइएको प्रवक्ता राजेश जोशीले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ