arrow

प्रचण्डसँग सिँगौरी खेल्ने मुडमा ओली

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
oli-prachanda-final.jpg

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को गत शुक्रबार नै तय गरिएको पूर्वनिर्धारित सचिवालय बैठकको समयलाई मिल्ने गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

गत शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्तावका रुपमा ओलीले तीन वर्षको अवधिमा गएका कुकार्यको फेहरिस्त (भ्रष्टाचार, एकता टुटाउन गरेका प्रयास, असफलता, छलकपट, राष्ट्रवादीका नाममा रचेका ढोङ्ग लगायत) पेश गरेपछि बढेको तिक्ततापछि ओलीले बुधबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक टार्न खोजिरहेका छन् । 

उनले बैठक सार्नका लागि आफू निकटका दोस्रो तहका नेताहरुलाई पटक पटक प्रचण्डलाई भेट्न पठाए । तर प्रचण्डले मानेका छैनन् । त्यस्तै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई पनि भेटेर भोलिको आशा बाँड्दै आफूलाई सघाउन आग्रह गरेका थिए । तर नेताहरुले ओलीको आश्वासनलाई नपत्याएपछि ओली छट्पटाइरहेका छन् । 

उनले आफ्नो सत्ता र कुर्सी जोगाउन विभिन्न उपाय अपनाउँदै गर्दा चिनियाँ दूतावासको सहयोग लिएका छन् भने पटक पटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका छन् । 

प्रचण्डको राजनीतिक भनिए पनि आरोपपत्रको आफूले कुनै जवाफ नदिने अड्डी कसेका ओलीले सचिवालय बैठक टार्नका लागि सोही समयमै मन्त्रिपरिषद् बैठक डाकेका हुन् । 

ओलीले मन्त्रिपरिषद बैठक डाकेर प्रचण्डसँग सिँगौरी खेल्न खोजेको समेत आरोप प्रचण्ड निकट नेताहरुले लगाएका छन् । 

बुधबार दिउँसो १ बजेका लागि डाकिएको उक्त सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावबारे ओलीले जवाफ दिने समय तोकेर गत शुक्रबारको बैठक स्थगित भएको थियो । ओलीले सचिवालय बैठक स्थगित गर्न नसकेपछि समय जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका छन् । 

बुधबार बिहानै १ बजेका लागि डाकिएको मन्त्रिपरिषद बैठक एक घण्टा सारेर २ बजेलाई पुर्याइएको छ । सचिवालय बैठक बसेका खण्डमा छोटो समय बस्ने र अर्को बैठकको मिति तोकेर आफू कुर्सी जोगाउन मन्त्रिपरिषद बैठकमा सहभागी हुने गरी ओलीले योजना बनाएको बालुवाटार स्रोतले जनाएको छ । 

नेकपा मिलाउने शितल निवासको क्याप्सुल, बैठकबाटै बैठक सार्ने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ