arrow

कुदृष्टि उतार्नको लागि कागती प्रयोग गर्ने विधि

logo
स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
Lemon.jpg

काठमाडौं ।  कुदृष्टि हटाउनको लागि कागतीको प्रयोग गरिन्छ । ग्यासको रुपमा सूक्ष्म रजोगुणी वायूलाई गति प्राधान गर्दछ र व्यक्तिको वरिपरिको तज-तम आवरणहरुलाई आफूतर्फ आकर्षित र एकत्रित गरेर राख्दछ ।

कुदृष्टि हटाउनको लागि साधारण (सादा) कागती नै लिनुपर्छ । रेखा भएको कागतीको उपयोग नगर्नुहोस् । रेखा भएको कागती थाहा पाउने पद्धति – त्यसता कागतीको एक पट्टिबाट माथि देखि तलसम्म रेखा हुन्छ । कहिलेकाँही दुबै पट्टि रेखाहरु देख्न सकिन्छ । रेखा भएको कागती कालो जादू गर्नको लागि प्रयोग गरिन्छ किन कि रज-तमात्मक ऊर्जालाई  वायुमण्डलमा प्रक्षेपित गर्ने क्षमता सादा कागतीमा भन्दा यी कागतीमा अधिक हुन्छ ।
 
कुदृष्टि उतार्ने विधि
प्रत्येक हातमा कागती समात्नुहोस् र तिनीहरुलाई घडीको दिशामा खुट्टाबाट टाउकोसम्म गोलाकार तरिकाले धुमाउनुहोस् । त्यसपछि कागतीलाई कोइलमा जलाइन्छ वा बग्ने पानीमा डुबाइन्छ ।

कागतीलाई पानीमा विसर्जित गर्नाले त्यसमा तानीएको स्पन्द पानीमा समाविष्ट हुनमा अधिक समय लाग्दछ । त्यो समय बिचमामा अनिष्ट शक्ति त्यसमा विद्यमान शक्तिको दुरुपयोग गरि पुनः कुनै जीवमा कालो जादू गर्न सक्दछस तर, कागती जलाउदा त्यसमा विद्यमान रज-तमात्मक स्पन्दन शीघ्र नष्ट भएर जान्छ ।
 
कुदृष्टिको तीव्रता कसरी थाहा पाउने ?
कागती पानीमा विसर्जित गरेपछि कुदृष्टिको तीव्रता अनुसार देखाई दिने स्थूल सदृश परिणाम ‘कुदृष्टिको तीव्रता जति अधिक हुन्छ, त्यसको रज-तम पानीमा समाविष्ट हुनमा त्यतिनै अधिक समय लाग्दछ, जसको कारण पानीमा बग्ने कालावधि बढेर जान्छ ।

 

कुदृष्टिको तीव्रता

कागतीमा हुने स्थूल सदृश परिणाम

१. कुदृष्टि लागेको छैन भने

कागती पानीमा तुरुन्तै डुब्छ।

२. मन्द

कागती पानीमा तुरुन्तै बगेर जान्छ।

३. मध्यम

कागती पानीमा गोल गोल घुमिरहन्छ।

४. तीव्र

रज-तम युक्त तरङ्गले प्रभारित भएको कारण कागती पानीमा त्यही स्थानमा तैरि रहन्छ, अगाडि बढ्दैन।

सन्दर्भ ग्रन्थ : सनातनको सात्विक ग्रन्थ ‘कुदृष्टि (नजर) उतारने की पद्धतियां (भाग १) (कुदृष्टिसंबंधी अध्यात्मशास्त्रीय विवेचनसहित)?’

थप जाकारीको लागि : स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआरफ)
Email: hjsnepal@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ