arrow

विद्यार्थीको आन्दोलन फिर्ता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
663029830.jpeg
भीमदत्तनगर। सुदूरपश्चिम विश्व विद्यालयको नामाकरणका विषयलाई लिएर आन्दोलनरत कञ्चनपुरका पाँच विद्यार्थी सङ्गठनले आज दिउँसोदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । बुधबारदेखि थालेको शैक्षिक हडतालका कारण विद्यार्थीको अध्यापन प्रभावित भएको छ । गत असोज १४ गते मन्त्रिपरिषद्ले सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरी द्वारिकादेवी ठकुरानी विश्वविद्यालय राख्ने निर्णय गरेपछि यहाँका विद्यार्थी सङ्गठन आन्दोलनमा थिए । 
 
विद्यार्थी सङ्गठनले नजिकिँदै गरेको दसैँ तिहारलाई मध्यनजर गर्दै आन्दोलन फिर्ता लिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला उपाध्यक्ष नरेश सिंहले बताउनुभयो । “विद्यार्थी सङ्गठनको बैठकले चाडपर्वमा सर्वसाधारणलाई पर्नसक्ने असुविधालाई ध्यानमा राखी आन्दोलन फिर्ता लिएका हौँ ।” उपाध्यक्ष सिंहले भन्नुभयो । दुई दिनदेखि आन्दोलनका कारण यहाँको अध्ययन अध्यापन प्रभावित बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ