arrow

चाणक्यको सुझाव- शत्रुमाथि जीत हाँसिल गर्नुछ, खटाउनुस् गुप्तचर

logo
चाणक्य,
प्रकाशित २०७७ मंसिर १० बुधबार
chanakya_niti.jpg

काठमाडौ । तपाईंलाई शत्रुमाथि विजय हाँसिल गर्ने कसरी भन्ने चिन्ता छ ? जो कोहीको पनि जीवनमा सफलताको लागि शत्रुलाई आफ्नो बाटोबाट पन्छाउनु आवश्यक हुन्छ । त्यसकोलागि के गर्न सकिन्छ ? यसको केही सुझाव चाणक्यले दिएका छन् ।
 
चाणक्यले गुप्तचर व्यवस्थालाई अत्यधिक महत्व दिएका छन् । चरद्वारा मुख्यतः तीनवटा मुख्य कार्य सम्पन्न गरिने कुरा उल्लेख छ । यसमा राजाका आँखाका रूपमा गुप्तचरहरूद्वारा नै राजालाई शत्रुको शक्ति तथा गतिविधि थाहा हुन्छ । चरद्वारा नै राज्यलाई आन्तरिक तथा बाह्य घटनाहरूको सही सूचना प्राप्त हुन्छ र यसको अभावमा राज्य भंग हुन्छ, त्यसैले चरले सूचनादाताका रूपमा काम गर्दछ । 

चरद्वारा नै राज्य तथा राजाको रक्षा हुन्छ । चरका सहायताद्वारा शत्रुको शक्तिको विनाश गर्नुपर्छ । कापटिक, उदास्थित, ग्रहपतिक, वैदेहक, तापस, शत्री, तीक्ष्ण, रसद तथा भिक्षुकी आदि अनेकौँ प्रकारका गुप्तचर हुन्छन् । धर्मोपधा उपायबाट अमात्य वर्गको परीक्षा गरेपछि राजाले गुप्तचरको नियुक्ति गर्नुपर्ने राय चाणक्यको छ । 
 
महामन्त्री, मन्त्री, पुरोहित आदिकहाँ गुप्तचर नियुक्ति गरेपछि आफूप्रति प्रजाहरू तथा नगर निवासीको अनुराग द्वेष आदि जान्नका लागि राजाले गुप्तचरहरूको नियुक्त गर्नुपर्छ। गुप्तचरहरूले आपसमा विवाद खडा गरेर जनताको प्रतिक्रिया बुझ्न सक्छन् । त्यसमा राजा विरोधी र समर्थनको विवाद खडा गर्दा जनताको राजाप्रतिको धारणा बुझ्न सकिन्छ । 

राजालाई सहयोग गर्ने तथा राजासँग क्रुद्धहरूप्रति पनि जासुसले ध्यान दिनुपर्छ  । राजाप्रतिका दोषीलाई चुपचाप मार्नुपर्छ । यसरी नै शत्रु देशमा राज्यले कृत्य पक्षका पुरुषलाई विभिन्न तरिकाबाट आफ्नो पक्षमा मिलाउनुपर्छ । त्यस्तै अकृत्य पक्षका पुरुषलाई भेट तथा दण्डबाट आफ्नो पक्षमा पार्नुपर्छ । यी काम गुप्तचरद्वारा सम्पन्न गरिनु पर्छ । यसरी चाणक्यले गुप्तचरको कार्यलाई राज्य सञ्चालनमा अत्यन्त महत्वपूर्ण स्थान दिएका छन्  ।



नयाँ