arrow

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी, गोल्छा पछिको अध्यक्ष ढकाल हुने

एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित, जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १४ आइतबार
chandra-fncci-senior-vp-winner.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन्। बरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएसँगै उनी शेखर गोल्छा पछिको आगामी कार्यकालका लागि अध्यक्ष समेत हुने पक्का भएको छ। महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष आगामी कार्याकालको स्वत अध्यक्ष हुने प्रावधान छ।

ढकालले आफ्ना प्रतिष्पर्धी किशोर प्रधानलाई पराजित गरेका हुन्। विहान प्राप्त मतगणना अनुसार एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई समेत विजयी भएका छन्। उनले आफ्ना प्रतिष्पर्धी सौरभ ज्योतीलाई पराजित गरेका हुन्। 

जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएर ढकाल प्यानलका गुणनिधी तिवारी पराजित भएसँगै ढकाललाई बरिष्ठ उपाध्यक्षमा अप्ठ्यारो पर्ने आँकलन भएको थियो। मत खसेको प्रवृतीलाई हेर्दा एशोसियटमा सौरभ ज्योती पनि निर्वाचित हुने अनुमान गरिएको थियो। तर यि दुबै अनुमानलाई गलत सावित गर्दै ढकाल र सांघाइले बाजी मारेका छन्।

यस्तै, उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम अनुसार जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ विजयी भएका छन्। उनी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहबाट ५८ मत ल्याइ विजयी बनेका हुन। उनका प्रतिस्पर्धि गुणनीधि तिवारी भने ४७ मत ल्याइ पराजित भए।

यसअघी जिल्ला नगर तर्फ १८ केन्द्रिय सदस्यमा भने अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमियाँ, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का, ईश्वरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डिबि बस्नेत, तारानाथ घिमिरे, देबकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, राजन श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल र सुरकृष्ण वैद्य निर्वाचित भएका छन।

यसैगरी, उद्योग वाणिज्य महाँसंघको वस्तुगत तर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन। वस्तुगत उपाध्यक्षमा निर्वाचित उनले ६२ मत पाउँदा उनका प्रतिस्पर्धि उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन। उमेशलाल वर्तमान कार्यसमितिमा उपाध्यक्ष थिए भने पदमा रहँदा नै उनी २५ मतले पराजित बनेका हुन।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै उम्मेदवार तर्फकाट ७-७ जना निर्वाचित भएका छन। वस्तुगततर्फ निर्वाचित हुनेहरुमा प्रकाशमान सिंह कार्की, सुमित केडिया, अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल, विष्णु गैरे, सकुनतला हिराचन, सुवोध गुप्ता र सन्दीप कुमार अग्रवाल छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ