arrow

मरेर काजकिरिया गरिएका सुवास मोरङमा भेटिए, मृत्युदर्ता सच्याईदिन माग

logo
विवेक मिश्र,
प्रकाशित २०७७ मंसिर २१ आइतबार
subash.jpg

बेलबारी । सुन्दा अचम्म लाग्न सक्छ मरेर काजकिरिया गरीसकेको मान्छे पुन जिवित भए भन्ने सुन्दा । तर अचम्म नमान्नुस् । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा त्यस्तै घटना भएको छ । बेलवारी ११ लक्ष्मीमार्गमा स्थायी रुपमा बसोवास गर्दैआएका सुवास तामाङ २०७२ असार २४ गते साउदी अरेवीया स्थीत कार दुर्घटनामा परि मृत्यु घोषित भईसकेका व्यक्ति हुन् तर हाल उनी लक्ष्मीमार्ग स्थीत एउटा चियानास्ता पसल संचालन गर्दै आएका छन् । उनको मृत्युदर्ता समेत भईसकेको छ ।

२०७१ सालमा बैदेसिक रोजगारीको लागि साउदी अरव पुगेका सुवास कम्पनिले आफ्नो खातामा हालिदिएको तलव लिएर फर्कदै गर्दा वाटोमा गाडि दुर्घटनामा पर्यो । वि.स.२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भनि परिवारमा फोन आयो । साउदिमै रहेका सुवासका आफन्तले उनको शव नेपाल पठाउन पहल गरे १५ दिन नवित्दै उनको शव काठमाडौं आयो । काठमाडौंमा श्रीमति सन्तोषी तामाङ बुबा हर्क वहादुर तामाङले शव लिएर बेलबारीमा आई दाहसस्कार गरे । कमाउने मान्छेनै वितेपछि तामाङ परिवारमा ब्रजपात पर्यो । सुवास दर्घटना भएको तिन महिना पछि पुन घरमा श्रीमति सन्तोषी तामाङलाई फोन आयो ।

सुवास दाई जिउदै हुनु हुदो रहेछ अस्पतालमा उपचार हुदैछ भनेर फोन आयो सुवासकी श्रीमति सन्तोषीले भनिन् अनुहरमा केहि छिन हासो त थपियो तर दाहसस्कार गरेको शव कस्को हो भन्ने चिन्ता भयो । शव भने कपिलबस्तुका टेकेन्द्र भण्डारीको रहेछ पछि हामीले थाहा पायौ सन्तोषिले भनिन्। कानुनी हिसावले अहिले पनि सुवास मृत्यु भईसकेका व्यक्ति हुन् । उनले आफ्नो मृत्युदर्ता सच्याउन धेरै कोसिस गरिसकेका छन् तर अझै उनको मृत्युदर्ता खारेज हुन सकेको छैन ।

घरमा छिर्न पुनर जन्म 
मलाई आफन्तले त घरमा आउनु हुदैन भने र म जन्म थलो भोजपुर कुदाक काउले हाल षडानन्द नगरपालिकामा गँए । त्यँहा जाँदा मलाई घरमा पस्न दिएर । गाई वाध्ने गुवालीमा भकारीले बेरेर राखेको रहेछ । म गएर भकारीले बेरेर राखेको ठाँउमा पसे । केहि छिनमा आमा जानु भयो र अइया अइया भनेर कराउनु भयो म छक्क परे मुनिवाट बुबाले के के भो भनेर कराउनु भयो म झन आतिए । केहि छिनमै आमाले छोरो जन्मीयो भनेर भन्नु भयो र नुहाई दिनु भयो । बुबाले पनि अनि मात्रै मलाई हेर्नु भयो । मलाई अनि मात्रै आमा बुबा तथा गाँउलेले भने मरो भनेर काज क्रिया सकेको मान्छे आउदा पुनर जन्म भएको भनेर गर्नु पर्दो रहेछ ।अइया अइया भनेर कराउदा म बाचे अब आमालाई के हुन लाग्यो जस्तो लाग्यो ।

 पछि हाम्रो रितिरिवाज अनुसार लामा वोलाएर पुन न्वारन गर्नु पर्छ भने र मेरा न्वारन पनि गरीदए । लामाले मेरो नाम स्याङ्च्याङ राखि दिए । अनि मात्रै घर आए । श्रीमति सन्तोसि भन्छिन लास चिन्ने अबस्थामा थिएन । श्रीमान वितेको केहि समयमा शव आयो । ससुरा बुवा हर्कवहादुर तामाङ आमा विवा माया तामाङ र म भएर शव एयरपोट वाट बुझेर आयौ र लक्ष्मीमार्गको जंगलमा दाह संस्कार गर्यो । शव चिन्न सक्ने अबस्थामा थिएन । शवसँग ११ सय दिराम आएको थियो । खर्च गरेर काज क्रिर्या गर्यो । ३ महिना पछि श्रीमान जिवित रहेको थाहा पाए । सुवासका १ छोरा र छोरी रहेका छन । उनि अहिले चिया नास्ता पसल संचालन गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ