arrow

सरकारले बालुवाटारलाई विदेशीको चौतारो बनाएको कांग्रेसको आरोप

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
congress-phidim.jpg

फिदिम । नेपाली कांग्रेस पाँचथरले सदरमुकाम फिदिम बजारमा सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ । बजारक्षेत्रमा हजारौको संख्यामा मोटरसाइकल र्‍यालिपछि कांग्रेस नेता कार्यकर्ता बिरोध प्रदर्शनमा उत्रिएका थिए । बिरोध र्‍यालीपछिको कोणसभालाई केन्द्रीय सदस्य तथा अनुसाशन समितिका संयोजक भिष्मराज आङ्देम्बे र पाँचथर सभापति नरेन्द्रकुमार केरुङले सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा नेता आङ्देम्बेले नेकपा सरकारले बालुवाटारलाई विदेशीको चौतारो बनाएको आरोप लगाए । ‘प्रधानमन्त्री निवास बालुवाटारमा विदेशिहरु निर्वाध रुपमा प्रवेश गरिरहेका छन्,’ आङ्देम्बेले भने ‘चीन,भारत लगायत अन्य मुलुकका राजदुत सहित रअका प्रमुखहरुको बालुवाटारमा दोहोरी चलेको छ ।’ नेपालको राजनीतिमा विदेशीको हस्तक्षेप बढेकोप्रति आङ्देम्बेको चिन्ता थियो । 

कोणसभालाई सम्बोधन गर्दै केरुङले नेकपा सरकारको संरक्षणमै भ्रष्टाचार सस्थागत रुपमा मौलाएको उद्घोष गरे । ‘नेकपाका मन्त्री र नेताहरु एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएका छन्,’ केरुङले भने ‘बलात्कार र हत्या, हिंसामा संलग्नलाई समेत यो सरकारले संरक्षण गरिरहेको छ ।’ सरकारकै कारण देश कंगाल हुन लागेको कांग्रेस नेताहरुको आरोप थियो । सरकारको रबैया नसच्चिए चणबद्ध आन्दोलन गर्ने नेताहरुले चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ