arrow

संसद विघटनको निर्णयपछि दलहरु सशंकित, राप्रपा बैठक बस्दै

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
raprapa.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटनको सिफारिस गरेसँगै एकाएक नेपाली राजनीतिमा तरंग छाएको छ । प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको आरोप लगाएसँगै दलहरु एकाएक सशंकित भएका छन् । 

यस क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सशंकित भएको छ । राप्रपा अध्यक्ष कमल थापाले संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएका छन् । 

सामाजिक संजाल ट्वीटरमार्फत उनले बैठक दिउँसो ३ बजे बस्न लागेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ