arrow

ओलीबाट संविधानको हत्या भयो – त्रिपाठी

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
dinesh-tripathi.jpg

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको हत्या भएको बताएका छन् । उनले मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गर्नुलाई संविधानकै हत्या गरेको भनेका हुन् । 

संविधानमै नभएको काम ओलीले गरेको उनले बताए । उनले भने, ‘संविधानमा संसद विघटनको प्रावधान छैन । यो त संविधानकै हत्या हो ।’


वरिष्ठ अधिवक्ता त्रिपाठीले नेपालको संविधान २०७२ अनुसार कुनै पनि हालतमा ६ महिनाभन्दा बढी संमय संसद बैठक बन्द गरेर राख्न नपाइने प्रावधानअनुसार पुस १८ सम्ममा जसरी  पनि संसदको नियमित अधिवेशन बोलाउनु पर्नेमा त्यसो नगरी ओलीले आफ्नो स्वार्थमा लागेर संसद विघटनको सिफारिस गरेको आरोप लगाए । 

उनले लामो समय संसद बन्द भएपछि खुल्नका लागि १५ दिन अगाडि नै सांसदहरुलाई जानकारी गराउनु पर्नेमा अहिलेसम्म जानकारी नगराउँदा नै आशंका पैदा गरेको भन्दै त्यसको परिणाम अहिले देखिएको पनि बताए । 

उनले भने, ‘सरकार के चाहिरहेको छ भन्नेबारे अन्योल थियो अब क्लियर भयो ।’  उनले ओलीले सत्ता सम्हालेदेखि नै संविधान विरोधी गतिविधिहरु गर्दै आइरहेको बताए । 

संवैधानिक परिषद्को अध्यादेश ल्याएर संविधान विरोधी गतिविधि गरेका ओलीले फेरि यो ठूलो झड्का दिएको समेत बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ