arrow

त्यस्ताको विश्वास र संगत कहिल्यै नगर्नू

logo
चाणक्य,
प्रकाशित २०७७ पुष ८ बुधबार
chanakya1.jpg

काठमाडौं । पुरानो समयमा भारत विभिन्न वर्गमा विभाजित थियो। त्यस बेला आचार्य चाणक्यले सम्पूर्ण भारतलाई एकजुट गरेर चन्द्रगुप्तलाई अखण्ड भारतको सम्राट बनाए। चाणक्यले नीति पुस्तक पनि रचना गरेका छन् । जसको नाम चाणक्य नीति हो। यस नीतिमा उल्लिखित नीतिहरू अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं।

 चाणक्यले नीतिको दशौ अध्यायमा जुन ठाउँमा अथवा देशमा मान-सम्मान, जीविकोपार्जनको कुनै माध्यम, परिवारजन (इष्टमित्र) र विद्याप्राप्तिको कुनै अवसर नै छैन भने त्यस्तो स्थानमा बस्नु उपयुक्त नहुने बताएका छन् ।  धनवान् व्यक्ति, ब्रह्मनिष्ठ ब्राह्मण, राजा, नदी र वैद्य यी पाँच जहाँ हुँदैनन् अथवा छैनन् त्यहाँ एक दिन पनि नबसोस् ।

साथै उनले कस्ता मानिसको संगत गर्न नहुने त्य पनि बताएका छन् । चाणक्य नीतिको एघारौ श्लोकमा आचार्य चाणक्य भन्छन्-
 लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता।
पञ्च यत्र न विद्यन्ते न कुर्यात्तत्र संगतिम् ।।११।।

अर्थात जीविकोपार्जन, कुनै पनि प्रकारको डर नभएको, लाज, दया, दान गर्ने प्रवृत्ति अर्थात् त्यागी भावना यी पाँच मानवमा हुनुपर्ने गुण हुन् । यी पाँच गुण जसमा छैनन् त्यस्ताको संगत कहिल्यै नगर्नू । घर पठाउँदा- आफ्नो सेवकलाई, संकटको अवस्थामा- आफन्तहरुलाई, आपद्-विपद्मा- मित्रलाई र धन नभएको अवस्थामा- स्त्रीलाई चिन्नुपर्दछ । अर्थात् माथि बताईएका अवस्थाहरुमा तिनीहरुको राम्रोसँग ज्ञान हुन्छ ।

उनले कस्तोलाई मित्र भन्ने त्यषसबारे भनेका छन् -
आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रुसंकटे।
राजद्वारे श्मशाने च यः त्तिष्ठति स बान्धवः ।।१३।।
बिरामी हुँदा, दुःख-संकट पर्दा, अनिकालको अवस्थामा, शत्रुको डर हुँदा, राजाको नजीक हुँदा र स्मशानघाटमा समेत जो साथै रहन्छ, त्यो मित्र हो । बन्धु-बान्धव, इष्टमित्र जे भने पनि त्यही नै हो ।

 यो ध्रुवाणि परित्यज्य ह्यध्रुवं परिसेवते।
ध्रुवाणि तस्य नश्यन्ति चाध्रुवं नष्टमेव तत् ।।१४।।

जसले निश्चित अथवा शाश्वत् सत्य अथवा प्राप्त कुरालाई छाडेर अनिश्चित-असत्य-अप्राप्त वस्तुहरुको साधना गर्दछ अर्थात् ती वस्तु प्राप्तीको चेष्टा गर्दछ भने त्यस्ता व्यक्तिहरुको अनिश्चित वस्तुहरु त नाश हुन्छन् नै निश्चित कुराहरु पनि नष्ट हुन्छन्

साथै चाणक्यले विश्वास कसको नगर्ने त्यसको पनि उल्लेख गरेका छन् ।
विषादप्यमृतं ग्राह्यममेध्यादपि काञ्चनम्।
नीचादप्यत्तमां विद्यां स्त्रीरत्नं दुष्कुलादपि ।।१७।।
नदीहरुको, नंग र सिंग भएकाहरुको, हतियारधारीहरुको, स्त्रीहरुको र राजकुलको कहिल्यै विश्वास गर्नु हुँदैन । (स्रोत: आत्मपथ)



नयाँ