arrow

प्रतिवन्धित विप्लव पार्टीको विद्यार्थी संगठनद्धारा विद्यालयमा संगठन बिस्तार

logo
लोकेन्द्र विश्वकर्मा, 
प्रकाशित २०७७ पुष ९ बिहिबार
biplav-school-union.jpg

खलंगा । प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले संगठन बिस्तारलाई तीव्रता दिएको छ । बुधबार जाजरकोटको शिवालय गाउँपालिका १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कृष्ण विश्वकर्माको अध्यक्षतामा ३७ सदस्यीय कार्य समिति गठन गरेको छ ।

अखिल क्रान्तिकारी भेरी–कर्णाली समन्वय ब्यूरो समिति सदस्य धनजित महरको उपस्थितिमा गठन गरिएको समितिमा कक्षा ८ देखि माथिका विद्यार्थीहरु रहेका छन् । समिति बिस्तारको कार्यक्रममा ब्युरो सदस्य महरले भने, ‘आजको शिक्षा विश्वभर बिक्न सक्ने दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ । तर सरकारले व्यवहारिक शिक्षामा जोड दिएको छैन ।’

वर्तमान सरकार अहिलेको शिक्षा प्रणालीले यी चुनौती समान गर्न नसकेको सदस्य महरको भनाइ छ । एउटा राज्य दुईवटा शिक्षा प्रणालीले दलित तथा विपन्न विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न कठिन भएको सदस्य महरले बताए । यस्तो प्रवृत्तिको अन्त्य गर्नका लागि अखिल क्रान्तिकारी विद्यार्थी संगठन लागिपरेको उनले बताए । 

उनले भने, ‘त्यसैले हाम्रो शिक्षाको जवाफ खोज्ने समय आएको छ ।’ त्यो समयमा एक पटक व्यवहारिक, सीपयुक्त जनशक्ति शिक्षा उत्पादन गर्नका लागि सम्पूर्ण विद्यार्थीहरु वैज्ञानिक समाजवादी शिक्षाको परिकल्पना गर्ने अभियानको साथ दिन आग्रहसमेत गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ