arrow

अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको झ्वाँकमा मुख्यमन्त्री राईले हटाए मन्त्री आङ्बोलाई

logo
प्रकाशित २०७७ पुष ११ शनिबार
indra-aangbo.gif

काठमाडौं । प्रदेश नम्बर का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् ।

मन्त्री आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि पदमुक्त गरिएको बताइन्छ । आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ ।

 पूर्वमाओवादी नेता रहेका आङ्बो नेता प्रचण्ड–नेपाल समूहमा छन् ।  संसद विघटनपछि विभाजित बनेको सत्तारुढ नेकपाको तल्लो स्तरसम्म नेता कार्यकर्ता विभाजित हुँदै गएका छन् ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले संचारमाध्यमहरुलाई जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ