arrow

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव   

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
serdhan1.jpg

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।

नेकपाको दाहाल–नेपाल पक्षका सांसदहरुले आइतबार विहान राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

मुख्यमन्त्री राईले शनिबार बर्खास्त गरिएका अर्थमन्त्री इन्द्र आङ्बो प्रस्तावक छन भने तेर्‍हथुमका सांसद लक्ष्मण तिवारी समर्थक बसेका छन् ।

दाहाल–नेपाल समूहले प्रदेश नम्बर १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन् ।

प्रदेश १ मा ९३ सांसद मध्ये नेकपाका ६७ जना छन् । जसमा ४० जना बढी दाहाल–नेपाल पक्षले आफूसँग रहेको दाबी गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ