arrow

पहिलो खेलमै २ विकेट लिएपछि खुशीमा सन्दीप 

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
sandeep-lamichhane-big-bash.jpg

काठमाडौं । बिग बास क्रिकेटको पहिलो खेलमै २ विकेट लिएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछाने खुशी देखिएका छन् । अष्ट्रेलियामा जारी बिग बास लिग टी–२० क्रिकेटमा होबर्ट हुरिकेन्सबाट यो पटकको सिजन खेलेका सन्दीपले आफ्नो पूर्व क्लब मेलबर्न स्टार्सविरुद्ध २ विकेट लिएसँगै खुशी भएका हुन् । 

कोरोना भाइरससँगै क्वारेन्टिन बस्नुपर्दा यसअघिका ६ खेल गुमाएका सन्दीपले सातौं खेलमा मैदानमा छिरेर २ विकेट चड्काएका हुन् । सन्दीपले ४ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिएका हुन् ।

उनले हिल्टन कार्राटइट र बेन डुन्कलाई आउट गरेका थिए । सन्दीपको २ विकेटसँगै हुरिकेन्सले मेलबर्नलाई २१ रनले पराजित गरेको छ ।

होबर्टमा हुरिकेन्सले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले ९ विकेटको नोक्सानीमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

यो खेलपछि हुरिकेन्स ७ खेलबाट १८ अंकसहित दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको सिड्नी थन्डरको ६ खेलबाट १९ अंक रहेको छ । तेस्रो सिड्नी सिक्सर्सको ६ खेलबाट १७ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ