arrow

कोरोनाबाट १३ बर्षीय बालकको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ पुष २१ मंगलबार
corona-killed-final.jpg

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ । बाँके, दाङ र कञ्चनपुरका एक एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ का ६८ बर्षीय पुरुषको सोमबार राति साढे १२ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ का १३ बर्षीय बालकको मंगबलार बिहान पौने ८ बजे र कञ्चनपुरको महेन्द्रनगर ५ का ६० बर्षीय पुरुषको मंगलबार बिहान ७ः२० बजे मृत्यु भएको वलीले बताए । 

योसंगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ । ती मध्ये ४८ जना बाँके र ७९ जना जिल्ला बाहिरका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ