arrow

जर्जिया चुनावः जो बाइडेनको भविष्य र शक्ति सन्तुलनको निर्णय 

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
joe-biden3.jpg

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन आगामी जनवरी २० तारिखमा ४६ औं राष्ट्रपतिको सपथग्रहणसहित ह्वाइटहाउसमा प्रवेश गर्दैछन् । उनको भविष्य र शक्ति सन्तुलनको निर्णय भने जोर्जियाको मतले गर्दैछ । बाइडनको डेमोक्र्याटिक पार्टीले सिनेटमा वर्चस्व कायम गर्छ कि गर्दैन भन्ने निर्णय दोस्रो चरणको चुनावमा भएको छ।

बाइडेनको पार्टीमा सिनेटमा आफ्नो वर्चस्व कायम गर्नका लागि त्यहाँ हुने दुईवटा सीटका चुनावमध्ये दुवैमा डेमोक्रयाटिकले जित हासिल गर्नुपर्ने हुन्छ । आफूले जिते पनि बाइडेनले पार्टीमा जित हासिल गर्छन् भन्ने छैन । 

यदि उक्त पार्टीले सिनेटका दुवै सिट जितेमा उसलाई आफ्ना मुद्दाहरु पारित गराउन सहज हुनेछ। बाहिरिदैँ गरेका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सिनेटमा वर्चस्व कायम राखिराख्न दुईमा एक सीट मात्र जिते पनि पुग्छ । बाइडेनले अमेरिकाका आगामी वर्षहरु जोर्जियनहरुले तय गर्ने बताएको बीबीसीले लेखेको छ । 

यसैबेला ट्रम्पले चाहिँ मतदाताहरुलाई उनीहरुले माया गर्ने ‘अमेरिकालाई बचाउनले अन्तिम मौका’ भएको बताएका छन् । हाल सिनेटमा जर्जियाबाट रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू सदस्य रहेका छन् ।

यसपटको चुनावमा लोफ्लरलाई रेभेरेन्ड राफेल वार्नोक र पर्ड्यूलाई पूर्व पत्रकार जोन ओस्सोफले चुनौती दिएका छन् । गत नोभेम्बरमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत नल्याएपछि मङ्गलबार दोस्रो निर्वाचन भएको हो ।

सिनेटमा रहेका १०० सीटमध्ये हाल रिपब्लिकनहरु ५२ सिटमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ