arrow

दुधकोशी सामूदायिक अस्पताल संचालनमा धुलिखेल अस्पतालको साथ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
thulung-dudhkoshi-mayor-dhu.jpg

काठमाडौ। विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थापना गरिएको दुधकोशी सामूदायिक अस्पतालबाट बिशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालले साथ दिने भएको छ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ मुक्लीमा निर्माणधिन रहेको पचास शैयाको दुधकोशी सामूदायिक अस्पतालबाट बिशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पताल र थुलुङ दुधकोशी गाउँपालिका बिच सम्झौता भएको हो ।

सम्झौतापत्रका एक समारोह बिच थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा रमेश मकाजुले हस्ताक्षर गरेका छन् । ‘अस्पताल निमार्ण, दिगो संचालन र बिशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ’ थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले भने ‘अब यहाँका जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतारिनु पर्दैन, गाउँमै राजधानीको सरहकै बिशेषज्ञ स्वास्थ्य सेवा पाउनेछन ।’

डेढ बर्षअघि गाउँपालिकाको अगुवाईमा स्थानीय जनताको सहभागीतामा महायज्ञ लगाएर अस्पताल निर्माणका लागि आर्थिक संकलन सुरु गरी अस्पताल स्थापनाको काम अगाडी बढाइएको थियो । धुलिखेल अस्पतालको साथपछि प्रदेशमै मातृशिशु र ट्रमा सेन्टर अस्पताल अब्बल बन्ने उनले दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ