arrow

मापसे गरेर बस चलाउँदा बिराटनगरमा गंभिर दुर्घट्ना

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष २३ बिहिबार
Bus-accident-brt.jpg

मोरङ। विराटनगरको  बरगाछी चोक नजिकै बस दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । विराटनगर बसपार्कको पार्किङ्गमा राखेको को १ ख ५२४१ नम्बरको सेल्फी डिलक्स बस मादक पदार्थ सेवन गरी  लापरवाहीपूर्ण तरिकाले चलाउने क्रममा विराटनगर महानगरपालिका–३ बरगाछीमा गंभिर दुर्घटना भएको हो । 

आफैले चलाएको बस दुर्घटना हुँदा सुनसरीको कोसी गाउँपालिका–७ भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्की गम्भिर घाइते भएका छन् । घाइते  कार्कीको  विराट नर्सिङ होममा उपचार भई रहेको जिल्ला प्रहरी कायार्लय मोरङले जनाएको छ । 

दुर्घटनामा सोही स्थानमा रहेको बिजुलीको पोल भाँचिनुका साथै एस. बि.आई बैकको एटिएम सटर, सोही स्थानमा रहेको न्यू युनिक होटल साथै उक्त स्थानमा रहेको सिसिटिभीको केवल र पावर केवलमा पनि क्षती हुँदा मानगरपालीकाले जडानगरेको सिसिटिभी समेत अवरूद्ध भएको कायार्लयले जनाएको छ ।

कार्यालयका अनुसार ना ५ ख ३५०३ नम्बर गाडीको सहचालक रहेका कार्कीले साँझ पार्किङ गरेर बसपार्कमा राखेपछि चालक सिरहाको लहान–१५ का ३२ वर्षीय सूर्यनारायण चौधरी सुत्न गएका बेला बस आफूखुसी लिएर गएका थिए । 

दुर्घटनाको १ घण्टा अगाडी कार्कीले  उक्त बसका सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका–१ का १९ वर्षीय महेश दुलालसँग बसेर होटलमा मदिरा सेवन गरेका थिए । मदिराले लठ्ठ भएका कार्कीले बसपार्कबाट उत्तर तर्फलाग्दै गर्दा करिब १ किलोमिटर उत्तरमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ