ओलीको कदमलाई अदालतले सदर गरे कांग्रेस चुनावमा जान्छ : सभापति देउवा
प्रकाशित २०७७ पुष २५ शनिबार
998
Shares
काठमाडौं ।अदालतले मध्यावधिमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। तर उनले ओलीले चुनाव गराउँछन् भन्नेमा शंका रहेको बताए। संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनको सम्बोधनका क्रममा देउवाले ओलीको कदम प्रजातन्त्र र संविधान विरुद्धको कदम हो भने।
देउवाले सम्बोधनका क्रममा सर्वोच्चमा विचाराधीन मुद्दामा बोल्ने कुरै नरहेको भनेर अभिव्यक्ति दिइरहँदा उपस्थित दर्शक तथा शुभेच्छुकहरुले विरोध जनाएका थिए। कार्यक्रममा उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको निर्णय कांग्रेसले मान्छ।’