arrow

चुनावबाट नभागौं – डा चन्द्र भण्डारी 

logo
नारायण वली,  
प्रकाशित २०७७ पुष २७ सोमबार
137518413_252397629579617_5.jpg

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले आगामी बैशाखमा तोकिएको चुनावबाट कोही पनि भाग्न नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घरकलहले निम्त्याएको संसद् विघटन घटनाले देशमा एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने नैतिक लडाई चलिरहेका बेला कांग्रेस नेता भण्डारीले भने चुनावसँग डराउन नहुने बताएका हुन् । 

रिपोर्टस्र लुम्बिनी प्रदेश बुटवलले सोमवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता डा भण्डारीले दुई वर्षअघि दुई पार्टीको एकता दुईदेखि अढाई वर्षभन्दा बढी नटिक्ने ठोकुवा गरेको बताउँदै त्यतिबेला धेरै यो भनाई तितो लागेको र अहिले सोही कुरा सही साविक भएको दावी गरे ।

नेकपाको देश र जनताको हितको लागि भन्दा पद स्वार्थको लडाईले २०७२ सालको नयाँ संविधानमा उल्लेख नभएको संसद् विघटन गर्ने कार्य भएको टिप्पणी गर्दै उनले ‘कोरोना भाइरस महामारीका बेला पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल र प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै जनताका बारेमा गम्भीर कुरा गर्नुभयो ?’भनी प्रश्न गरे । उनले यो सबै स्वार्थको बहसमात्र भएको पनि बताएका छन् । 

यही स्वार्थले अहिले देशको भविष्य जोखिममा पुगेको उनले सुनाए । नेता डा. भण्डारीले भने, ‘नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई ७२ करोड रुपैयाँ सर्प पाल्नका लागि खर्चिने मान्छेले कोरोना महामारीका बेला जनताका लागि औषधी खरिद बारेमा कहिल्यै सोच्नु भयो ?’ भने । उनले जनताले स्थायी सरकार निर्माणका लागि दिएको अमूल्य भोटको नेकपाको किचलोले धज्जी उडाएको जिकिर गरे ।

साथै उनले भने, ‘संसद् विघटन गरिएको विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा विचाराधिन अवस्थामा रहेकाले पूर्वन्यायाधीशहरुले नेपथ्यबाट फैसला गर्न खोज्नुले सर्वोच्च अदालतमाथि आक्रमण गर्न खोज्नुसरह रहेको विश्लेषण गरे । विगतमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएका बेला त्यतिबेलाको चुनावमा पनि धेरैले भोट हाल्न नभएको स्मरण गर्दै आगामी चुनावबाट कोही पनि भाग्न नहुने सुझाए ।

यद्यपि उनले दुई तिहाईको सरकार चलाउन नसकेको अवस्था जनता सामु जानुपर्ने संविधानमा स्पष्ट जनाइएको अवस्थामा संसद् विघटन हुनु भनेको नयाँ संविधान विपरित भएको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ