arrow

"किन चाहन्छ फक्सवागन अर्को नरसंहार ?"

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २७ सोमबार
volkswagen-china.jpg

काठमाडौं। जर्मनीमा एडोल्फ हिटलरले यहुदीहरुको नरसंहार गरेजस्तै गरी अहिले चीनमा पनि उइगरहरुको नरसंहारको गर्न थालिएको आरोप लाग्दै आर्एको छ। केही उइगर अधिकारकर्मीहरु रहिमा महमुत, मिया हसेनसन, ब्लेयर म्याकडोगल, माइकल पोलाक, बेनेडिक्ट रोजर्स र सेल्डोन स्टोनलगायतले चीनस्थित फक्सवागनमा कार्यकारी प्रमुखलाई एक पत्र लेखका छन्।

जर्मनका तानाशाह एडोल्भफ हिटलरले स्थापना गरेको फक्सवागन कार कम्पनी फक्सवागनको चीन शाखाका सीईओ स्टेफन वुलनस्टेनलाई पत्र पठाउँदै किन फक्सवागनले उइगरहरुको नरसंहारलाई साथ दिइरहेको छ भन्दै प्रश्‍न गरेका छन्।

पत्रमा भनिएको छ, "गत हप्ता, बीबीसीको एक अन्तर्वार्तामा, तपाईंले आफ्नो कम्पनीको चीनको उइगर क्षेत्रमा कार प्लान्ट सञ्चालन गर्नेक्रम जारी रहेको निर्णयबारे जानकारी गराउनु भयो। जहाँ जबरजस्ती उइगर मुस्लिमहरुलाई श्रम शोषण गरिन्छ, जहाँ २० लाखभन्दा बढी उइगरहरुलाई यातना शिविरमा हिरासतमा राखिएको छ।" 

७५ हजारभन्दा बढी विश्वका नेताहरुले यस मानवअधिकारको चरम उल्लंघनको निन्दा गर्नुका साथै क्यानडाको संसदसहितले यसलाई 'नरसंहार' अथवा 'सम्भावित नरसंहार' को संज्ञा दिएका छन्। त्यहाँ महिलाहरुलाई जबरजस्ती बाँझोपन गराउने, बालबालिकाहरुलाई उनीहरुको परिवारबाट अलग गराउने र हान चाइनिज् बोर्डिङ स्कुलमा पढाउने, महिलाहरुलाई यौन शोषण गर्नेलगायतका काम गरिरहेको आरोप छ।

"यद्यपि तपाइँले अन्तर्वार्तामा भन्‍नुभएको छ कि तपाइँले कुनै श्रम शोषण नगरी काम गरेर देखाउनुहुनेछ। यो कसरी सम्भव हुन्सक्छ ?," पत्रमार्फत फक्सवागनका सीईओलाई प्रश्‍न गरेका छन्। तर, अनुसन्धानहरुले फक्सवागनले लगातार आफ्नो कार उत्पादनमा उइगरहरुको श्रम शोषण गर्नुका साथै उनीहरुलाई दास बनाएको सार्वजनिक हुने गरेको छ।

नैतिक ट्रेनिङ इनिसिएटिभ र फेयर लेबर एसोसिएसनको प्रमाणले पनि त्यहाँ उइगरहरुको चरम श्रम शोषण गरेको पुष्टि गरेको बताइएको छ। वास्तवमा, पाँच आपूर्ति श्रृंखला अडिटिङ्ग जायन्ट्स र उत्तम कपास इनिसिएटिभले यस क्षेत्रमा काम गर्न अस्वीकार गरिरहेका छन्। तर, फक्सवागनले भने यस क्षेत्रमा काम सञ्‍चालन गरिरहेको छ।

फक्सवागनमा यहुदीहरुको नरसंहारमा भूमिका खेलेकोले उइगरहरुको नरसंहारमा पनि फक्सवागन अघि बढेको आरोप लागेको हो। २१ औं शताब्दिमा पनि श्रम शोषणलाई निरन्तरता दिने र नरसंहारलाई सघाउने काम नगर्न पत्रमार्फत आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ