arrow

लाभबेला दुई पटक भएको यस्तो हुनेछ बिहीबारको दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ माघ १ बिहिबार
rashifal-horoscope.jpg

आजको पञ्चांग
आज मिति २०७७ पुस १ गते बिहीबार, इस्वीसंवत जनवरी १४ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज पौषशुक्लपक्षको प्रतिपदा तिथि रहनेछ । आज श्रवण नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा बालब, आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २६ घटि १६ पला अर्थात १० घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५८ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर २८ मिनेटमा हुनेछ । आज माघेसंक्रान्ति पर्व हो ।

आजको राशिफल
मेषः
आज समय मध्यमखालको रहनेछ । आज लाभ हानी दुवै बराबर रहने योग छ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृषः आज समय ठीक छैन । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्नेछ । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ ।

मिथुनः आज समय खराब छ । अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् । 

कर्कटः आज समय शुभ छ । आजको दिन दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्त बुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रशसा मिल्नेछ । विशेष काममा आउने कष्ट एवं कठिनाइ निवारणका लागि श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग पुर्याउनु र भैरवदेवको उपासना हितकर हुनेछ ।

सिंह  आज समय राम्रो छ । आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । 

कन्याः आज पनि समय शुभ छैन । आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि भेट्टाइहाल्न केही कठिनाई देखिएको छ । तथापि केहीहद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । 

तुलाः आज समय शुभ छैन । आज कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद् आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । 

वृश्चिकः आज समय शुभ छ । आजको दिन आयकर ग्रहगोचर परेको छ । पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उत्तीर्ण भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । यो राशि हुनेहरुले आज विशेष महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने छ । आज तपाइँले दीनदुखीको सेवा गरेमा राम्रो हुनेछ ।

धनुः आज समय अत्यन्तै खराब छ । आज सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले धन्वन्तरिनारायणको स्तुति गर्नु उपयुक्त हुनेछ ।

मकरः आज समय अत्यन्तै राम्रो रहनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । पराक्रम बढ्ने रहेको छ । तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । 

कुम्भः आजको दिन त्यति अनुकूल देखिएको छैन । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने एवं मनमा संकोचित विचार बढ्न सक्ने सम्भावना देखिएको छ । ख्याल पुर्याउनु पुर्याउनु होला । पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खड्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्छ, सहनशक्ति बढाउने र सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ । धैर्यधारणले नै प्रतिकूलता टार्न सकिने कुरालाई गुरु मन्त्र बनाएर अघि बढेमा अल्लि बढी प्रयत्नले केही लाभ गर्न सकिएला । आज यहाँले आमाको आर्शिवाद लिंदा हितकर हुनेछ ।

मीनः आज समय शुभ रहनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ ।

साइतः आज चन्द्रमा मकर राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ६ः५५ बजेदेखि         ८ः१५ बजेसम्म        शुभ बेला
बिहान ८ः१५ बजेदेखि         ९ः३४ बजेसम्म        रोग बेला
बिहान ९ः३२ बजेदेखि         १०ः५३ बजेसम्म        उद्धेग बेला
बिहान १०ः५३ बजेदेखि        १२ः१३ बजेसम्म        चर बेला
बिहान १२ः१३ बजेदेखि        १ः३२ बजेसम्म        लाभ बेला
दिनमा १ः३२ बजेदेखि         २ः५१ बजेसम्म        अमृत बेला
दिनमा २ः५१ बजेदेखि          ४ः१० बजेसम्म        काल बेला       
दिउँसो ४ः१० बजेदेखि          ५ः३० बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ