arrow

आध्यात्मिक चेतनाको आलोकमा नेपाल-भारत सम्बन्ध

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १ बिहिबार
nepal-india2.JPG

जनकपुर ।  कामाख्या परिवार नेपालको तत्वावधानमा आध्यात्मिक चेतनाको आलोकमा नेपाल र भारत सम्बन्ध विषयमा एक दिवसीय परामर्श गोष्ठी  जनकपुरधामा बिहीबार आयोजना गरियो । गोष्ठीमा नेपाल र भारतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कामाख्या परिवार नेपालका अध्यक्ष डाक्टर विभाष लाभको अध्यक्षातामाकार्यक्रम सम्पन्न भयो। गोष्ठीमा छिमेकी भारतका विहार राज्य वैश्याली क्षेत्रका पुर्व विधायक डाक्टर अच्युतानन्द सिंहले नेपाल र भारतको सम्बन्ध पौराणिककालदेखि नै रहदै आएको बताए ।

उनले भने- 'भगवान राम र भगवती सीताद्वारा स्थापित नेपाल भारत सम्बन्ध सुदृढ र अखण्ड छ। आध्यात्मिक दर्शनको  तथा इतिहास को लामोकाल खण्ड सम्म हामी साझा भूगोल , सकृती,वनसम्पादा,जलसमपदा आदि ले सम्पन्न विश्वकै महान सम्भयताका साझा हकदार रहदै आएका छन् ।' जनकपुर र बुद्ध को परम्परागत देखि हामी धरोहरहरुमा विश्वगुरु हुने समर्थ रहेको पुर्व विधायक सिंहले बताए ।

त्यस्तै गोष्ठिकार्यक्रममा डाक्टर राजेन्द्र विमलले आध्यात्मिकका सँगै विज्ञान र प्रबिधि क्षेत्रमा पनि दुबै देशले सहकारी गर्नु पार्ने बताए । विमलले भारतीय प्रधानमन्त्री सम्मानिय नरेन्द्र मोदीद्वारा प्रतावित रामायण सर्किटको निर्माणले दुबै देशको सम्बन्ध अझै सुदृढीकरण हुने कुरामा विश्वास गर्नु पर्कट गरे।

कार्यक्रममाकामाख्या परिवार नेपालका अध्यक्ष डाक्टर विभाष लाभले  विज्ञान र प्रविधिका विकास द्वारा प्राप्त उपलब्धिहरुको प्रयोग आध्यात्मिक मूल्य द्वारा निर्देशित भएन भने विश्वको विनाश अश्यमभावी हुने बताए। उनले नेपाल र भारत को पौराणिक सम्बन्ध बारे चर्चा गरे। दुबै देश सहकार्य गरि संग संगै हिड्न भने जनक र बुद्ध यी देश विश्वगुरु हुन सक्छ।

कार्यक्रम मा विहार राज्यका डाक्टर रुपक कुमार सिंह , डाक्टर गौरव मलाकार , डाक्टर विपिन सिंह , डाक्टर करुनायाम, वकिल स्नेहा सिंह, प्रौरोफेसर नेहा कुमारी , इन्जिनियर रवीसंकर, राजु श्रीवस्तव, ललिता लाभा लगायतका उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ