arrow

मकवानपुरमा त्रिसठ्ठी मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ माघ २ शुक्रबार
human.jpg

हेटौंडा । मकवानपुरमा ६३ वटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ । गत जनवरी देखि डिसेम्बरसम्मको एक बर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको इन्सेकले जनाएको हो ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै इन्सेक मकवानपुरका जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जिल्लामा ५० जना महिला, १२ परुष र १ जना अन्य गरी ६३ जना पीडित भएको जानकारी दिएका छन् ।

अधिकारीका अनुसार १९ जना बालिका पीडित भएकोमा ती मध्ये १२ जना बालिका बलात्कार, ६ जना यौन दुव्र्यवहार र १ जना नवजात शिशुको हत्या भएको जनाएका छन् । इन्सेक मकवानपुरले एक बर्षको अवधिमा जिल्ला अदालत मकवानपुरमा दर्ता भएका मुद्दा मध्ये ५ वटाको मात्रै फैसला भएको जनाएको छ ।

गत बर्ष मकवानपुर जिल्लामा मानवअधिकार उल्लङ्घनका तथा ज्यादतिका घटनामा ४६ जना महिला, ५ जना पुरुष सहित ५१ जना र राज्यपक्षबाट ५३ जना पीडित भएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ