arrow

माघ ११ गते विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

logo
विवेक मिश्र,
प्रकाशित २०७७ माघ २ शुक्रबार
sherdhan-rai-1.jpg

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने निश्चित भएको छ ।  ५० वर्षीय मुख्यमन्त्री राईको विवाहको मिति तय भएको हो । उनको विवाह ११ माघमा काठमाडौँमा हुनेछ । विवाहको मिति तय भएपनि युवतीको नाम भने खुलाइएको छैन ।

काठमाडौंमा विवाहपछि विराटनगरमा प्रति भोज आयोजना गर्ने उनले बताए । पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ । तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएका छैनन् ।

मुख्यमन्त्री राईले फागुन ११ गते जन्मदिन मनाउदैछन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए ।

उनले प्रदेश राजधानीको टुङगो लगाएका छन् । तर नाम तोक्न ढिलो भएपछि मुख्यमन्त्री राईले केही दिन अघि विवाहपछि मात्रै नाम तोकिने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ